खोजी विशेष संवाददाता
अस्टेलिया, ४ अक्टोबर
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वडा दशैँ २०८० को शुभसाईत सार्वजानिक गरेको छ ।
निर्णायक समितिले मंगलबार एक विज्ञप्ती ज्ञारी गर्दै घटस्थापना तथा वडा दशैको शुभसाइतको बारेमा जानकारी दिएको छ ।
यस वर्ष घटस्थापना असोज २८ गते रहेको र घटस्थापनाको लागि शुभसाईत विहान ११ बजेर २९ मिनेट रहेको जनाएको छ। त्यसै गरी कार्तिक ७ गते मंगलबार विजया दशमी रहेको छ विजया दशमीको दिन विहान १० बजेर ३७ मिनेट देवी विसर्जनको लागि उपयुक्त रहेको छ र टीका विहान ११ बजेर २ मिनेट जाँदा उत्तम हुने जनाइएको छ ।
टीका ग्रहण गर्दा ग्रहण गर्ने व्यक्ति वा मानिस पश्चिम मोहडा गरी टीका तथा आर्शिवाद गर्दा उपयुक्त हुने बताइएको छ ।
विजया दशमीको टीका तथा आर्शिवाद ग्रहणका लागि विहानको उत्तम साईत छोपी सकेपछि दिनभर नै उत्तम रहने र टीका, आर्शिवाद तथा प्रसाद ग्रहण गर्न सकिने मान्यता रही आएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com