खोजी विशेष संवाददाता
टुओम्बा, २ अक्टोबर
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा रहेको क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले आफनो विशाल परियोजनाको लागि यही आँउदो अक्टोबर ९ तारिख भित्र जग्गा खरिद गरिसक्नुपर्नेछ ।
क्वीन्सल्याण्डको लोगन रिर्जभमा रहेको ४० हजार वर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा खरिदका लागि आजको दिन सँगै मात्रै ७ दिन बाँकी छ । जग्गा खरिदका लागि करिब १५ लाख २० हजार डलर लाग्ने अनुमान गरिएको छ सो अनुमानित रकममा ३ लाख डलर अझै पुगेको छैन ।
क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले विगत केही महिना यता रकम संकलन अभियान तिव्र रुपमा सञ्चालन गर्दै आएको छ । केन्द्रले आफनै जग्गामा पशुपतिनाथको झल्को दिने मन्दिर , बौद्ध स्तुपा र सामुदायिक हल बनाउने योजना बोकेको छ ।
यो अभियानलाई हालसम्म क्वीन्सल्याण्डको व्रिसवेन, टुओम्बा, गोल्डकोष्ट, सनसाइनकोष्ट, बन्डाबर्ग, रकहयाम्टन, टाउन्सभिल तथा अन्य रिजनल टाउन्स, न्यू साउथ वेल्स ,तास्मानिया, , भिक्टोरिया, साउथ अस्टे«लिया र नर्दन टेरीटोरी बाट सदस्ययता लिइसकेका छन् । यो बाहेक पनि अस्टे«लिया बाहिर इन्डिया, मलेसिया, पिलिन्पिस, नेपाल र पपूवा न्यूगिनी बाट समेत सदस्यता लिएका छन् ।
पछिल्लो समयमा एकल व्यक्ति, परिवार मात्र नभिई विभिन्न सामाजिक तथा साँस्कृतिक संस्था क्लब तथा समूहबाट पनि क्यूएनसिसीको आजीवन सदस्यता प्राप्त भएको छ जुन स्वागत योग्य रहेको संस्थाका अध्यक्ष केशव शर्माले जानकारी दिनुभयो ।
क्वीएनसीसीको यो महाअभियानमा हालसम्ममा एकल तथा परिवार सहितको गरेर ५ सय भन्दा बढी सदस्यता लिइसकेका छन् । सदस्य बन्नका लागि एकलको हकमा १ हजार डलर र परिवारको हकमा १ हजार ५ सय डलर तोकिएको छ। संस्थाले हालसम्ममा आजीवन सदस्यता एकल, परिवार तथा सहयोग स्वरुप प्राप्त गरेर संकलन गरेको छ ।
अस्टे«लियाको क्वीन्सल्याण्डको विस्रवेन शहरमा मात्रै झण्डै २५, देखि ३० हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ । त्यसमध्येमा यही पि आर लिएर सेटेल भएर बसेका को संख्या ५ हजार रहेको अनुमान गरिएको छ । त्यही ५ हजारमा पनि ५सय सदस्य बन्न पनि मुस्किल परिस्थित सिर्जना हुनु सारै दुःखद कुरा हो ।
नेपाली हु , नेपालको माया गर्छु भनेर गर्व गरे सँगै यता तिर पनि केही सहयोग गर्ने होकी ¤
संस्थाले आफना हरेक गतिविधिहरु संस्थाको अफिसियल फेसवुक पेज मार्फत प्रकाशित गर्दै आइरहेको छ । त्यो सँगै हरेक हप्ता , बैठक, भेटघाट तथा छलफल गर्दै आइरहेको छ ।
यदि यहाँहरु पनि संस्थाको महा अभियानमा जोडिन चाहानुहुन्छ भने संस्थाको आर्थिक सहयोगको लागि बैक खाता ः

Account Name : Queensland Nepalese Cultural Centre

BSB : 064163

Account Number : 10517303

संस्थाको महाअभियानमा यदि केही सहयोग सल्लाह सुझाव भएमा संस्थाका कुनैपनि पदाधिकारीहरु सँग सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com