टुओम्बा१९, सेप्टेम्बर
हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा लाहाचोक युवा सन्जालको आयोजना तथा माछापुच्छ्रे त्रिशक्ति युनाईटेडको समन्वयमा तिज विशेष साँस्कृतिक कार्यक्रम सोमवार लाहाचोक खेलमैदानमा सम्पन्न भएको छ ।
आमा समूह स्तरिय तीज गीत प्रतियोगितामा मनकामना आमा समुह प्रथम, माछापुच्छ्रे सामुदायिक सस्था बद्रीथर द्धितिय, सयपत्री आमा समुह तृत्तिय र ठुलो पधेरा आमा समुह सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृत्तिय र सान्तवना हुन सफल आमा समुहले क्रमश १० हजार, ८ हाजर, ६ हजार र ३ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

एकल महिला तिज नृत्य प्रतियोगिता तर्फ प्रथम सुरक्षा शाहि,द्धितिय स्नेहा शर्मा, तृतिय भावना जि. सि र सान्तवना ज्योति बस्याल भएका छन् । उनिहरुले क्रमश ५ हजार, ४ हजार, ३ हाजर र २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे । साथै भेषभुषामा सबिता अधिकार र अनुशासनमा रोशनी तिमिल्सिनालाई १ हजारको साथमा प्रमाण पत्र प्रदान गरियो । महिला घैँटो फुटाउने कार्यक्रममा कुल २५ सहभागी मध्ये सविता अधिकारी र ज्योती बस्यालले घैँटो फुटाए बापत् प्रति व्यक्ति रू १००० र प्रमाण पत्र प्राप्त  गरेका थिए ।

कायक्रमको मुख्य आकर्सण लोक गायिका सर्मिला गुरुङ , गायिका समिक्षा अधिकारी, गायक श्रीराम अधिकारीको साथमा स्थानिय कलाकार ज्ञानसरा जुगजली, राजेन्द्र अधिकारी, साथै शंकर नेपालीको बेजोड प्रस्तुती रहेको थियो ।वडा कार्यलय लाहाचोकको संरक्षणमा भएको कायक्रममा वैदेशिक रोजगार मन्च लाहाचोक, साना किसान कृषी सहकारी संस्था लि, र महिला सन्जालको सहकार्य रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष सिता अधिकारी प्रमुख अतिथी र वडाध्यक्ष मधुसुधन अधिकारी विशिष्ट अतिथी रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी एवम् राजनितिक पार्टी प्रमुखलाई अतिथीको रूपमा राखिएको थियो ।लाहाचोक साना किसान कृषी सहकारी संस्था लि. की अध्यक्ष कमला पौडेल कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सो कार्यकर्म को सुशिल श्रेष्ठले सामाजिक सन्जाल फेसबूक मार्फत प्रतक्ष्य प्रसारण गर्नु भएको थियो भने भने स्टेज व्यवस्थापनमा लाहाचोक साना किसान कृषि सहकारी संस्था लि. र महिला सन्जालका कल्पना अधिकारी रानाभाट र लक्ष्मी आचार्यले गर्नु भयो । मिलन दवाडी एवम् कवि क्षेत्रीको नेतृत्वमा माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लव एवम् वैदेशिक रोजगार मन्चका सदस्यहरूले स्वयंसेवकको भूमिकामा रहि कार्यक्रम सफल बनाउन सहयोग गरे । कार्यक्रमको मिडिया पार्टनरका रूपमा रेडियो हेमजा , 4K1 Youtube Chanel,र खोजी विशेष लो भुमिका खेलेका थिए ।  वैदेशिक रोजगार मन्चको तर्फबाट सहयोग रकम उठाउने काम मन्चका अध्यक्ष राजु क्षेत्री अपुरोले गरे भने , यातायात , पानी र टेन्ट व्यवस्थापनमा क्रमशः राजु नेपाली , लक्ष्मी प्रसाद पौडेल , आनन्द अधिकारी , जीवन ढकाल र अधिकारी रहे । त्यस्तै गरी नेपाल रेडक्रस सोसाईटी लाहाचोक उपशाखाले प्राथमिक उपचार सेवा प्रदान गरेको थियो ।कार्यक्रमलाई भव्य रुपमा सम्पान्न गर्न सहयोग पुर्याउनु भएका सम्पूर्ण सहयोग दाताहरु , मिडिया पाट्नर , स्वयमसेवक, लगायत सम्पूर्ण लाई आयोजक ले धन्यबाद ज्ञापन गरेको छ !कार्यक्रम पवन शर्मा , सगुन अधिकारी र अमृत पौडेल को व्यवस्थापन र उमेश बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हो।समग्रमा कार्यक्रम सोचेको भन्दा पनि धेरै राम्रो भएको दर्शकहरूले बताएका थिए ।

 

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com