खोजीविशेष संवाददाता
सेम्प्टेम्बर ११, टुओम्बा
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बाशहरमा सम्पन्न तीज विशेष कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।
नेपलिज एशोसिएसन अफ टुओम्बाको मुख्य आयोजनामा टुओम्बा शहरको सेनटेनरी हाई स्कूलको सभाहलमा सञ्चालित कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमका झण्डै २ सय ५० जनाको सहभागिता रहेको थियो ।

निशुल्क प्रवेश राखिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण दिदी बहिनी बुवा आमा दाजुभाई तथा बालबालिकाहरुलाई निशुल्क दर प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरु, अभानी सुवेदी, आयन खतिवडा, सरिता कार्की, एलिना, अनामिका, स्वेता चौँलागाई, कल्पना पुन, रेमिना गिरी, रितु गिरी लगायतले आ—आफना प्रस्तुती राखेका थिए ।
सोही कार्यक्रमको बीचमा दिदीबहिनी समूह टुओम्बा र खोजी विशेष डिजिटल मिडियोको प्रस्तुती परदेशी चेलीको कथा बरीलै तीज गीत प्रर्दशन गरिएको थियो ।
कार्यक्रमलाई सम्पन्न गर्न एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिेसेसको मुख्य प्रायोजन तथा क्वीक एण्ड इजी ग्रोसरीको सह—प्रायोजन गरेको थियो ।

कार्यक्रमलाई भव्य रुपले सम्पन्न गराउन टुओम्बा स्थितका विभिन्न संघसंस्थाहरु टुओम्बा नेपलिज फुटबल क्लब, न्याट यूएसक्यू, एभरेष्ट क्रिकेट क्लब र टुओम्बा नेपलिज भलिबल क्लबले समन्वय गरेको थियो ।
कार्यक्रमको मिडिया पार्टनरमा खोजी विशेष र फोटोग्राफीमा सन्देश ग्राफीले भूमिका खेलेको थियो ।

संस्थाले कार्यक्रममा विभिन्न माध्यमबाट सहयोगी भूमिका खेलेका स्पोन्सरदाता, स्वयसेवक तथा कलाकारहरुलाई सहयोग तथा सम्मान पत्र प्रदान गरेको थियो ।
नेपलिज एसोशिएसन अफ टुओम्बाका अध्यक्ष दिवस चाँपागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष स्वयमले नै कार्यक्रमको स्वागत मन्तव्य राखेको भएको थियो भने कार्यक्रमको सञ्चालन सन्ध्या फूँयाल र सन्जु फूँयाले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com