खोजी विशेष संवाददाता
सेम्प्टेम्बर ,६ टुओम्बा
लाहाचोक यूवा सञ्जालको मुख्य आयोजनामा तथा माछापुच्छे्र त्रिशक्ति युनाइटेडको समन्वयमा यही असोज १ गते सोमबार कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ४ लाहाचोकमा तिज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सभ्य, शान्त र समृद्ध यहाँको पहिचान ः विकास , प्रगति र उन्नती हाम्रो अभियान भन्ने मूल नाराका साथ लाहाचोक खेलमैदानमा विहान १० बजे देखि सुरु हुने कार्यक्रममा बहुचर्चित लोक गायिका शर्मिला गुरुङ र चर्चित गायिका समीक्षा अधिकारी, गायक र लोक गायक श्रीराम अधिकारी साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरु राजेन्द्र अधिकारी , ज्ञानसरा जुगजली, शंकर नेपाली र दिवस श्रेष्ठको समेत प्रस्तुती रहने छ ।

कार्यक्रममा अन्य आर्कषणहरुमा एकल महिला तिज गीत प्रतियोगिता, आमा समूह स्तरीय तिज गीत प्रतियोगिता , महिला घैटोँ फुटाउने प्रतियोगिता, लाँखे नाँच एवम् पञ्चेबाजा प्रर्दशन साथै विभिन्न साँँस्कृतिक कार्यक्रमहरु बताइएको छ ।

कार्यक्रममा बैदेशिक रोजगार मञ्च लाहाचोक, महिला सञ्जाल लाहाचोक र साना किसान कृषि सहकारी संस्था लि. लाहाचोक को सहकार्य रहने आयोजकले जनाएको छ ।
सो कार्यक्रमको संरक्षकमा माछापुच्छ्रे गाँउपालिका वडा नं ४ को कार्यालय रहेको छ ।
कार्यक्रमको मिडिया पार्टनरमा रेडियो हेमजा ८८.५ मेगाहर्ज, फोरके नेपाल युट्ब च्यानल र खोजी विशेष डिजिटल मिडिया रहेको छ ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com