खोजी विशेष संवाददाता
टुओम्बा ४, सेम्प्टेबर
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा बस्दै आँउनभएका नेपाली दिदी बहिनीहरुको समूहले परदेशी चेलीको कथा बरीलै बोलेको तीज गीत बजारमा ल्याउनुभएको छ ।
गीतले परदेशमा नेपाली चेलीहरुको अवस्था कस्तो छ, कसरी आफनो पढाई , काम तथा जीवनलाई अगाडी बढाइरहेका छन् भन्ने कुराको सन्देश दिन्छ।
अमृता न्यौपाने अधिकारीको शब्द संकलन तथा मुख्य गायन, अप्सरा न्यौपाने तथा मुना बराल लगायतका साथीहरुको सहगायनमा रहेको तीज गीतमा हरिकृष्ण थापा र अम्बिका थापाको बाध्यबाधन रहेको छ।
शनिबार टुओम्बाको जापानिज गार्डेनमा छाँयाड्ढन सम्पन्न गीतको छायाड्ढन, निर्देशन तथा सम्पादन सुदीप त्रिपाठी प्रतीकले गर्नुभएको हो ।
सो गीतको सुरुवाती देखि अन्तिम सम्मको व्यवस्थापनमा मूना बरालले मुख्य भूमिका रहेको थियो ।
खोजी विशेष युट्युव च्यानल बाट सोमबार प्रकाशित गीतले नेपाली तीज गीतको क्षेत्रमा मौलिक गीतका रुपमा सन्देश प्रदान गर्ने छायाड्ढनमा उपस्थित आमा दिदीबहिनीहरुको बुझाई छ ।

