खोजी विशेष संवाददाता
टुओम्बा ४, सेम्प्टेबर

अस्ट्रेलियाको को क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा यही आँउदो आइतबार अर्थात सेम्प्टेबर १० तारिखका दिन तीज विशेष कार्यक्रम हुने भएको छ।
सेन्टेनरी हाईट्स स्टेट स्कुलको सभाहलमा साँझ ५ बजे देखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ।
नेपलिज एसोशियसन अफ टुओम्बाको मुख्य आयोजनामा हुन लागेको कार्यक्रममा तीज विशेष गीत संगीतका साथै दरको समेत व्यवस्था रहेको छ । कार्यक्रममा निशुल्क प्रवेश गर्न सकिनेछ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिेसेसको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रमको क्वीक तथा इजी ग्रोसरी टुओम्बाले गोल्ड स्पोन्सर गरेको छ ।
कार्यक्रमलाई टुओम्बा स्थितका नेपाली संस्थाहरु टुओम्बा नेपलिज फुटबल क्लब, न्याट यूयसक्यू, एभरेष्ट किक्रेट क्लब र टुओम्बा नेपलिज भलिवल क्लबको सहयोग रहनेछ ।
कार्यक्रमको मिडिया पार्टनरमा खोजी विशेष र फोटोग्राफीमा सन्देश फोटोग्राफी रहेका छन् ।
आयोजकले टुओम्बामा बस्ने सम्पूर्ण नेपाली बुवा आमा दाँजु भाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुन विन्रम अनुरोध गरेको छ।
सम्पूर्ण कार्यक्रमको सञ्चालन सन्ध्या फूँयाल र सञ्ज ुफूँयाल ले गर्ने नेपलिज एसोशिएसन अफ टुओम्बाका अध्यक्ष दिवस चाँपागाईले जानकारी दिनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com