सुदीप त्रिपाठी प्रतीक
खोजी विशेष संवाददाता
टुओम्बा, २६ सेम्पटेम्बर
नेपालीहरुको महानपर्व विजयादशमीको घटस्थापना आजबाट शुरु भइसकेको छ। नेपाली हिन्दु समाज अस्ट्रेलियाले अस्ट्रेलियाको विभिन्न शहरको घटस्थापना र दशमीको शुभ टीकाको साइत सार्वजानिक गरेको छ। यस बर्ष घटस्थापना सेम्पटेम्बर २६ र विजयादशमीको टीका अक्टोबर ५ तारिखमा रहेको छ।
जसमा अस्टे«लियाको विभिन्न शहरहरुमा आ—आफनो समयानुसार सिड्नीको लागि घटस्थापना विहान ७ बजेर ५३ मिनेट त्यस्तै दशमीको टीकाको साइत विहान १० बजेर ४१ मिनेट रहेको छ।
त्यसैगरी मेलवर्नको लागि विहान ७ बजेर ५९ मिनेट घटस्थापनाको लागि उपयुक्त छ भने १० बजेर ५५ मिनेट टीकाको उत्तम साइत परेको छ।
विस्रवेनको लागि विहान ७ बजेर ४८ मिनेट घटस्थापनाको लागि उपयुक्त छ भने टीकाको शुभसाईत ११ बजेर ५ मिनेटमा उपयुक्त रहेको छ।
एडीलेडको लागि घटस्थापनाको शुभसाईत विहान ७ बजेर २३ मिनेट उपयुक्त रहेको छ भने टीकाको शुभसाईत ११ बजेर २५ मिनेट उपयुक्त रहेको छ ।
क्यानेवेराको लागि घटस्थापनाको शुभ साइत, विहान ७ बजेर ५३ मिनेट र टीकाको शुभ साईत १० बजेर ५६ मिनेट उपयुक्त रहेको छ।
तास्मानियाको लागि घटस्थापनाको शुभसाइत विहान ७ बजेर ३८ मिनेट उपयुक्त रहेको छ भने टीकाको शुभ साइत विहान १० बजेर २१ मिनेट उपयुक्त रहेको छ।
त्यस्तै पर्थको लागि घटस्थापनाको शुभ साइत विहान ६ बजेर ४४ मिनेट उपयुक्त रहेको छ भने टीकाको शुभसाइत विहान ११ बजेर २७ मिनेट रहेको छ ।
डार्विनको लागि घटस्थापनाको शुभसाइत विहान ८ बजेर १६ मिनेटमा रहेको छ भने टीकोको शुभसाइत १० बजेर ६ मिनेट रहेको छ।
विजयादशमीको टीकाको शुभ साईतको शुभारम्भ गरीसकेपछि माता दुर्गा भावानीको प्रसाद दिनभरी नै र मान्यजनको हातबाट टीका तथा आर्शिवाद ग्रहण गर्न दिनभरीनै शुभ हुने मान्यता रही आएको छ ।
यसबर्ष दशैको टीका ग्रहण गर्दा पुर्व फर्किएर ग्रहण गर्नु अन्यत्तै शुभ रहने छ भने टीका ग्रहण गराईदिने तथा आर्शिवाद दिने व्यक्ति पश्चिम फर्किएर गर्नु शुभ मानिने छ ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com