फेब्रुवरी १९, टुओम्बा
नमस्ते इभेन्टले विस्रवेनका गर्न लागेको साँगितिक कार्यक्रम मात्र ३ दिन बाँकी छ । कार्यक्रम नजिकिए सँगै विस्रवेन बाँसी निकै उत्साहित भएका छन् ।
अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको बिस्रवेन शहरमा यही आँउदो फेब्रुवरी २२ तारिखका दिन ब्रिसवेनको उलनगावा स्थित दी प्रिसिन्स थ्रेटरमा उक्त साँगतिक कार्यक्रम गरिने भएको छ ।
सुप्रसिद्द गायक प्रमोद खरेल, दि भ्वाइस अफ नेपाल सिजन ३ का विजेता गायक किरन जगमेर, सिजन ४ का विजेता गायक करण राई, सिजन ४ कै टप १० फाइनलिस्ट बर्षा इटानाी, सिजन २ का आरिफ राउफ र सिजन ३ का टप ८ फाइनलिस्ट निहारिका ज्ञवालीको बेजोड प्रस्तुती रहने आयोजक ले जनाएको छ ।
नमस्ते इभेन्टको मुख्य आयोजनामा गर्न लागिएको सो इभेन्टका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले टाइटल स्पोन्सर, पोखरा बाराही ज्वेलरीले गोल्ड स्पोन्सर, ८८४८ मम हाउस हस्पिटालिटी पार्टनरमा रहेको आयोजक ले जनाएको छ।
विस्रवेनकै इतिहासका पहिलो पटक महिला नेतृत्वमा यस्ता खालको इभेन्ट गर्ने लागिएको नमस्ते इभेन्टले दाबी गरेको छ।
इभेन्ट सफल बनाउनको लागि खोजी विशेष मिडिया र केविसी मिडियाले मिडिया पार्टनरको भूमिका खेलेको छ।
इभेन्टमा सहभागी हुनका लागि आयोजकले २ किसिमको टिकटको व्यवस्था गरेको छ । टिकटको लिंक यस प्रकार रहेको छ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com