हेमजामा आलु महोत्सवको तयारी

श्रीभद्र पौडेल

हेमजा, ६ चैत। ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ यस वर्ष पनि हेमजामा आलु महोत्सव हुने भएको छ ।

यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ ।

जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ ।

स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो बैठक, छलफल एवम् भेटभाट भइरहेका छन् । त्यसका साथै हेमजामा रहेका आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ भने अर्थ सकलनका लागि विभिन्न सहयोगी संघ, संस्था एवम् निकाय समक्ष प्रस्तावना पेश गर्ने कार्यलाई तिब्रता दिइएको छ ।

महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ तयारी तीब्र पारिएको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक क्लवका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

यस वर्ष महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।

कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध रहेका छन् ।

यसअघि सरोकारवालाको भेलाले क्लवका अध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको थियो ।जसको महासचिवमा वसन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा राम सापकोटा छन् ।

त्यस्तै विभिन्न उपसमिति पनि गठन गरिसकिएको छ ।जसअनुसार अर्थ संकलनमा डम्बरबहादुर कुँवर, स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानमा राजेन्द्र थापा(गौरव), पानी विजुलीमा केशव गिरी, स्वयम्सेवक परिचालनमा अस्मित थापा, सुरक्षा व्यवस्थापनमा मदन थापा, छपाई अनलाईतर्फ मधुर कुँवर, आमा समूह परिचालनमा अप्सरा तिमिल्सीना, लेखा उपसमितिमा झलकनाथ पौडेललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, सचिवालय समितिका चन्द्र श्रेष्ठ, अतिथी सत्कार उपसमितिमा मीना कुँवर, कृषि उपज तथा आलु व्यवस्थापनमा जयराम तिमिल्सीना, टिकट व्यवस्थापनमा सुरेन्द्र थापालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com