गोविन्द तिमिल्सिना
हेमजा, १० चैत
रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार नि:शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ ।
सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा.लिको प्राबिधिक सहयोग तथा वडा नं. २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २२७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा बिष्णु पादुका मा.बिका अध्यक्ष कृष्णबहादुर नेपाली र डा पवन पाठकले बोल्नु भएको थियो ।
क्लबका अध्यक्ष बिशाल बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेलले र सञ्चालन सचिव राज पौडेलले गर्नु भयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com