गोविन्द तिमिल्सिना

हेमजा, ११ चैत

बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको आइतबार मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको छ । यही चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । साथै विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ।त्यसै गरि सार्वजनिक बसमा ब्यानर राखिएको छ। महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com