गोविन्द तिमिल्सिना

हेमजा, १७ चैत

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।

महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचार, वैकि· कारोवार, मनोरञ्जन गरी १ सय ३० स्टल रहने छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमख मनहरी कडरीयाले महोत्सवले हेमजालाई राष्ट्रसम्म चिनारी गरेको बताउदै आलुको ३५ प्रतिशत बीउ हेमजाबाट उत्पादन भएको बताउनुभयो । उहाँले उत्पादन क्षेत्र भन्दा कम क्षेत्रमा बढी उत्पादन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

महोत्सव गर्न आलु बाहिरबाट ल्याउने अबस्था नरहेको उल्लेख गर्दै एक पहाड सकिदैमा हेमजाको आलु नसकिने बताउनुभयो । अब क्षेत्र घटाउने र उत्पादन बढाउन गरि काम गर्नु पर्ने बताउदै कृषक जोगाउन जनप्रतिनिधि सहित सबै मिल्नुपर्ने बताउनुभयो । मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com