खोजी विशेष संवाददाता
पोखरा २६, चैत्र
सुपर भ्वाईस अफ त्रिवेणी सिजन २ को उपाधि लाहाचोकका दिपेशले चुमेका छन् ।
पोखरामा सञ्चालन भएको सुपर भ्वाईस अफ त्रिवेणी सिजन २ को खुल्ला प्रतिस्पर्धामा कुल २ सय जना प्रतियोगि सहभागि भएका थिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा बुवा बावुराम नेपाली तथा आमा कुन्ती नेपालीको कोखबाट जन्मेका दिपेश परिवारको कान्छो सदस्य हुन् ।
सानैदेखि गायन क्षेत्रमा रुची राख्ने दिपेश चर्चित गायिका समीक्षा अधिकारीका क्लासमेट समेत हुन् ।
दिपेशले उपाधि चुमेसँगै दिपेशको परिवार र सिङ्गो लाहाचोक गाँउ नै खुशीमय भएको छ ।
गायन क्षेत्रमा अगाडी बढ्दै सिङ्गो देशको लागि केही गर्ने सोचका साथ अगाडी बढ्न लाहाचोक बासीले अपेक्षा समेत राखेका छन् ।
