बलराम पौडेल
पोखरा २६, चैत
संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८१ सालको भित्ते-पात्रो बिमोचन , शुभकामना आदान-प्रदान तथा सोमबारे औंशी बिशेष सेतीगण्डकी दिव्य माहाआरती कार्यक्रम चैत २६ गते पोखरा ९ स्थित शान्तिघाटको आरती स्थलमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संकृत युवा मञ्चले सामाजिक काममा लागेर गरेको सहयोगको प्रशंसा गर्दै यो पञ्चाङ्ग सहितको भित्ते -पात्रो प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले सोमबारे औंसी जस्तो पवित्र दिन पारेर सेतीगणडकी दिब्य महाआरती गरेकोमा आफूलाई गर्व लागेको कुरा बताउनुभयो । अझै राम्रो कामहरूको अपेक्षा राख्दै यस्ता सामाजिक तथा धार्मिक कार्यहरुमा आफूले सक्दो सहयोग तथा साथ दिने भन्दै संस्थाको उज्वल भविष्यको कामना समेत गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवम् विन्दुवासीनि संस्कृत विद्यापीठ पोखराका सह-प्रध्यापक डा. भोलानारायण रेग्मीले अब धर्म ,संस्कार र सँस्कृतिको जगेर्ना युवाहरु बाट हुनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य नन्द गिरीले संस्कृत युवा मञ्च नेपालले यस्तो धार्मिककार्य गर्नको लागि आफ्नो वडालाई रोजेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा धर्म जागरण हुनेकुरा व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नं ९ की वडा सदस्य लक्ष्मी पहारीले देशमा धर्मको नाउमा बिकृती बढिरहेको बेला संस्कृत युवा मञ्च नेपालद्वारा गरिएका यस्ता कार्यले हिन्दु धर्मको रक्षा हुनेमा आशा राख्दै युवाहरू बिदेश पलायन भइरहेको अवस्थामा केही युवाहरु मिलेर धर्म रक्षामा लागेकोमा खुशी व्यक्त गर्दै संस्कृत युवा मञ्च नेपालको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बिश्व हिन्दु माहासंघ नेपालका सह- अध्यक्ष शंकर खराल र संस्थाका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक रामकृष्ण अर्यालले आ-आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभयो । भित्तेपात्रो प्रकाशन उप समिति संयोजक लक्ष्मण पौडेलले भित्तेपात्रोमा समेटिएका कुरालाई प्रस्ट्याउनु भएको थियो। उक्त कार्यक्रममा युवा पण्डितहरु शुभेच्छित चापागाईं अरविन्द , विकाश पौडेल , सहदेव न्यौपाने, आनन्द गौतम र निश्चल उपाध्यायद्वारा संयुक्तरुपमा महाआरति गर्नुभएको थियो । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष विस्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव डिल्लीराम पौडेल (दिवाकर) ले संचालन तथा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
