
खोजी विशेष संवाददाता
अप्रिल ११, टुओम्बा
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा नेपलिज एशोसिएसन अफ टुओम्बाले नेपाली नयाँ बर्ष भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
यही अप्रिल १२ तारिख शुक्रबार टुओम्बा स्थित कार्लि हिवर्ड पार्क कार्नी स्प्रि·मा दिँउसो १ बजे देखि हुने भएको छ ।
कार्यक्रममा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान, अभिभावक भेटघाट तथा दिवा खाजाको कार्यक्रम रहेको न्याटले जनाएको छ ।
अभिभावक तथा बालबालिकालाई निशुल्क राखिएको कार्यक्रममा उपस्थित हुने टुओम्बा स्थितका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको लागि १० डलर सहभागी शुल्क राखिएको छ ।
न्याटले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुन चाहाने व्यक्ति विशेषहरुले न्याटको कुनै पनि पदाधिकारीहरुलाई पुर्व जानकारी गराउनुपर्ने र सहभागी शुल्क न्याटको खातामा डिपोजिट गर्नुपर्ने जनाएको छ ।
कार्यक्रममा उपस्थित हुन चाहाने व्यक्ति परिवारहरुले आफनो लागि बस्ने म्याट तथा कुर्ची स्वयम् व्यवस्था गर्नुपर्ने आयोजकले जनाएको छ।
नेपलिज एसोशिएसन अफ टुओम्बाले बेला बखतमा यस्ता खालका कार्यक्रम गर्दे आएको छ ।
