पोखरा १७, बैशाख

हेमजा साहित्य प्रतिष्ठान नेपालले शनिवार विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा सम्पन्न गरेको छ ।
२००९ वैशाख १५ गते खगराज र पशुपतिनाथ खनालका सुपुत्र मानहूँ, तनहुँमा जन्मेका चूडामणि खनालको ७१ वर्षको उमेरमा २०८० वैशाख ३१ गते निधन भएको थियो ।
प्रतिष्ठानले खनालको जन्मजयन्ती सन्दर्भमा स्मृति सभासहित माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा अम्बिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले एउटा गुरुको स्मरणमा विद्यार्थी भाइबहिनीलाई चेतना छर्दै नेतृत्व विकास कार्यशाला आयोजना गरेकोमा प्रतिष्ठानलाई आभार व्यक्त गरे ।
खनालको व्यक्तित्व चर्चा गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर सेवा निवृत्त खनाल २०२४ सालदेखि साहित्य लेखनमा लागेको पौडेलले जानकारी गराए । ‘वसन्तविरोध’ शीर्षकको रचनाबाट नेपाली साहित्यमा प्रवेश गरेका खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ ‘प्रमुख अतिथि’, ‘पोखराज’ ‘खिनौरी सहर पसेपछि’ लगायतका झण्डै आधादर्जन साहित्यिक कृति र दुई सय फुटकर निबन्ध प्रकाशित भएको जानकारी गराउँदै पौडेलले खनाललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतमले नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्छौं भन्नेहरू नै कुण्ठापूर्ण जीवन बाँच्न रुचाउँदा अग्रजको योेगदान ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका परशुराम अधिकारीले अग्रजले देखाएको बाटो पछ्याउँदै प्रतिष्ठान अगाडि बढ्ने क्रममा रजत वर्षलाई साच्चै पृथक बनाउन कार्यसमिति क्रियाशील रहेको बताए । कार्यक्रममा सिर्जना साहित्य सदनका संरक्षक भानुभक्त अविरल, संस्कृत युवा मञ्च नेपालका सचिव दिवाकर पौडेल, लघुकथा प्रतिष्ठानका सदस्य विष्णु बास्तोला, लोकदोहोरी गायक सुरेशरमण अधिकारीलगायतले बोलेका थिए ।
सोही सन्दर्भमा प्रतिष्ठानले रजत जयन्ती १९ औं विशेष कार्यक्रम माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशालासमेत सम्पन्न गरेको छ । कार्यशालामा ३३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले नेपाली हास्यव्यङ्ग्य साहित्यमा चूडामणि खनालको योगदानको उचित कदर हुन आवश्यक रहेको धारणा राखे । उनले, प्रतिष्ठान अग्रज स्रष्टाको स्मरण गर्दै नवपुस्तासँग हातेमालो गरेर अगाडि बढ्ने क्रममा विभिन्न संघसंस्था र विद्यालयले सहकार्य गरी अगाडि बढ्न हौसला दिएकामा आभारसमेत व्यक्त गरे ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com