असफल गौतम

बैशाख २२ पोखरा

हेमजा साहित्य प्रतिष्ठान नेपालले पोखरामा शनिवार एक समारोहका बीच नेपाली लघुकथाको वर्तमान परिदृश्यबारे चर्चा गरेको छ । लघुकथा गान बजाएर शुरु भएको कार्यक्रम मा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठले दिप प्रज्वलन गरि उद्घाटन गरिएको समारोहबीच प्रतिष्ठानले सरूभक्तलाई रजतजयन्ती विशिष्ट सम्मानसमेत अर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले साहित्यको श्रीवृद्धिका लागि लाग्नेहरू निरन्तर साधना र सिर्जनामा लाग्नुपर्ने बताए । उनले विधागत परिचय र अवयवका उल्झनमा सचेत स्रष्टा नअल्झनसमेत सुझाए । प्रतिष्ठानको सम्मान ग्रहण गर्दै सरूभक्तले आफ्नो मावली गाउँबाट पाएको सम्मानलाई विशेष रूपमा लिएको बताए । अन्तरक्रियामा आफ्नो अवधारणा राख्दै उपप्राध्यापक कल्याण पन्तले साहित्यका क्षेत्रमा कुनै रचनामा कुनै तत्वको कमि भयो भन्दैमा त्यसलाई विधागत मान्यताबाट च्यूत गरिनु शरिरको कुनै अंग भएन भन्दैमा मान्छे होइन भन्नु जस्तै हुने बताए । अवधारणापत्रमाथि टिप्पणी राख्दै हाम्रो लघुकथा केन्द्र गण्डकी प्रदेश संयोजक शुभ शर्माले लघुकथा विधान, लघुकथा साहित्यको विधा या प्रविधा के यस्ता विषयमा सर्जक स्वयं सचेत हुन आवश्यक हुने धारणा राखिन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले रजत वर्षमा विविध विषयगत कार्यक्रम आयोजना गरेर स्तुत्य कार्य गरेको भन्दै खुसी व्यक्त गरे । साहित्यकार असफल गौतमले लघुकथाको विधागत विकासका लागि पोखराबाट धेरै कार्यहरू भएको बताउँदै साहित्य विधामा विधागत लघुकथागानको निर्माण हुनु स्तुत्य कार्य भएको बताए । कार्यक्रममा र्याण्डम रिडर्स सोसाइटी नेपालका अध्यक्ष रूपिन्द्र प्रभावी, गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी छितिज, साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मी थापा, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी विजयी, लघुकथाकार गीता तिवारी गौतम, डा. बलराम उपाध्याय रेग्मी, अम्बिकाप्रसाद भट्टराईलगायतले वर्तमान नेपाली लघुकथाका विविध आयामबारे जिज्ञासा राखेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक विष्णु बास्तोलाले प्रतिष्ठानले रजत वर्ष सन्दर्भका २५ विशेष कार्यक्रममध्ये लघुकथा विधा केन्द्रित कार्यक्रम आयोजना गरेको जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिल गायकको स्वागत रहेको थियो । कार्यक्रमका सचिव परशुराम अधिकारीले लघुकथा गानबारेको जानकारीसमेत प्रस्तुत गरेका थिए भने दिवाकर पौडेलले स्वस्तीवाचन गरेका थिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com