हेम्जा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा स्वतन्त्र पत्रकार सङ्घ कास्कीको सहकार्यमा अभिव्यक्ति कला केन्द्रित उद्घोषण तथा भाषण कला प्रशिक्षण सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर २५ मा अवस्थित हेम्जा बोर्डिङका माध्यमिक तहका विद्यार्थीहरू बिच सो कार्यक्रम सम्पन्न भएको हो  ।  हेम्जा साहित्य प्रतिष्ठानको रजत जयन्ती विशेष अन्तर्गतको  २१ औँ कार्यक्रमका रूपमा संस्थाका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा विद्यालयको सभा हलमा उक्त भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा ब्राइटर मिडिया नेटवर्क प्रा.ली.का सम्पादक/ प्रकाशक तथा उद्घोषण प्रशिक्षक  डिआर काफ्ले , खोज मिडियाका संवाददाता कृष्ण रानाभाट , सञ्चारकर्मी प्रितम सेन ठकुरी ,कृष्ण क्षेत्री लगायतले  सहजीकरण गरेका थिए । 

प्रतिष्ठानका सल्लाहकार केशव शरण पौडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नारायणी बस्नेतले स्वागत गरेकी थिइन् ।  प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले सञ्चालन गरेको उक्त कार्यक्रममा ७० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com