पोखरा ११, जेठ
हेमजा साहित्य प्रतिष्ठान नेपाल को रजत जयन्ती को सन्दर्भ मा आयोजित २२औं विशेष कार्यक्रम विधालय स्तरीय स्थलगत निबन्ध लेखन कार्यक्रम को पुरस्कार वितरण सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालिका, ३ घाचोक को शुक्ला गण्डकी मा. वि, पोखरा महानगरपालिका वडा नम्बर ,१- अवस्थित केफ मा.वि , पोखरा महानगरपालिका वडा नम्बर २५ का स्नो भ्यू बोर्डिङ स्कुल , हेमजा बोर्डिङ स्कुल ,धवलागिरी मा.वि , अम्बिका मा.वि र विष्णुपादुका मा.वि गरि ७ बिधालय का १२ जना बिद्यार्थीहरु बिच जेठ ४ गते प्रतियोगिता गराइएको थियो ।
प्रतियोगिता को नतिजा निष्पक्ष बनोस भन्ने हेतु ले उत्तर पुस्तिका लाई कोडिङ्ग सिन्टम द्वारा गौरीशंकर बहुमुखी क्याम्पस का प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेल र न्यासनल इन्भेटिभ बोर्डिङ स्कुल का नेपाली शिक्षक विक्रम पौडेल लाई निरीक्षण गर्ने जिम्मेवारी दिइएको थियो । दुबै निरीक्षक बाट प्राप्त नतिजा लाई जोडि प्रथम, द्वितीय , तृतीय र शान्त्वना छुट्याइएको थियो । प्रतियोगिता मा स्नो भ्यू बोर्डिङ कि सोकिया बाँस्तोला प्रथम , अम्बिका मा.वि कि रोजि भण्डारी द्वितीय , स्नो भ्यू बोर्डिङ कि अनुपा पौडेल तृतीय र केफ मा. वि का मन्जुल सुवेदी शान्त्वना भएका थिए ।

प्रतियोगिता मा प्रथम पुरस्कार नगद रु ३१००/- र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु २१००/- र प्रमाणपत्र , तृतीय पुरस्कार नगद रु ११००/- र प्रमाणपत्र , शान्त्वना पुरस्कार नगद रु ६००/- र प्रमाणपत्र र प्रतियोगिता मा सहभागी विद्यार्थीहरु लाई जनही नगद रु २००/-, प्रमाणपत्र र संस्था बाट प्रकाशित चिनारी पुस्तक प्रदान गरिएको थियो ।
कार्यक्रम लाई सफल बनाउन का लागि समाजसेवी एवम् राजनितीकर्मी रोशनी बर्देवा ले आर्थिक सहयोग गर्नुभएको थियो भने स्नो भ्यू बोर्डिङ स्कुल ले बिद्यार्थीलाई स्टेशनरी, खाजा र सभाहल प्रदान गरि सहयोग पुर्याएको थियो ।
गोकुल जयन्ती को सन्दर्भ मा आयोजित पुरस्कार तथा सम्मान अर्पण एवम् बुद्ध जयन्ती विशेष २४८औं शृङ्खला शुभप्रभात काव्यमाला कार्यक्रम मा संस्था का सदस्य डा. अनिल थापा ले सिद्धिचरण श्रेष्ठ, गोकुल जोशी र भगवान बुद्ध को जीवनी को चर्चा गरेका थिए ।
कार्यक्रम मा संस्थापक सचिव कोबिदशरण उपाध्याय , बलराम पौडेल, सुनिल गायक, डा अनिल थापा, गोविन्द गायक, माया मगर र परशुराम अधिकारी लगायत ले रचना वाचन गरेका थिए।
समाजसेवी एवम् राजनितिकर्मी रोशनी बर्देवा को प्रमुख आतिथ्यता र प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल को सभापतित्व मा सप्पन्न कार्यक्रम लाई प्रतिष्ठान का सचिव परशुराम अधिकारी ले सञ्चालन गरेका थिए भने उपाध्यक्ष सुनिल गायक ले स्वागत गरेका थिए ।
