गोविन्द तिमिल्सिना

हेमजा, १० जेठ

निवृत्त शिक्षक समुदाय पोखरा २५ हेमजाको आयोजनामा सेवा निवृत्त शिक्षकलाई बिहीबार हेमजामा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं २५ न वडाका अध्यक्ष मोतीलाल तिमिल्सिनाले बिकाशका काम गर्दा यश समुदाय संग हातेमालो गर्ने बताउदै यश समुदायबाट सहयोगको आसा रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा पुर्व निर्देशक बाबुराम पौडेल, निवृत्त शिक्षक सामुदाय कास्कीका अध्यक्ष छविलाल आचार्य, निवृत्त प्राध्यापक समाजका अध्यक्ष कृष्णप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका निवृत्त समुदायका अध्यक्ष रामचन्द्र सुवेदी, समाजसेवी भीमप्रसाद श्रेष्ठ, सम्मानित ब्यक्ति हरिमाया खड्का, सल्लाहकार चुणामणी तिमिल्सिना, माधवशरण बाँस्तोला र सदस्य रामकृष्ण ढुङ्गाना लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा सेवा निवृत्त विधुर पति वा विधवा पत्नी एवं ७० ओैँ बसन्त पार गरेका शिक्षकलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सम्मानित ब्यक्ति हरिमाया खड्काले ६ हजार सहयोग गर्नु भएको थियो ।

साथै देवीस्थान भजन समुहका अध्यक्ष भरतचन्द्र गौतम र मातृकेश्वर एकता भजन समुहको प्रस्तुति रहेको थियो । अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घननाथ भण्डारीले र सञ्चालन सचिव हरिप्रसाद पौडेलले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com