बलराम पौडेल
पोखरा ६, साउन
हेमजा साहित्य प्रतिष्ठान नेपाल को वृक्षरोपण कार्यक्रम सम्पन्न । पोखरा २५ हेमजा मा अवस्थित हेमजा साहित्य प्रतिष्ठान नेपाल ले गौरीशंकर बुहुमुखी क्याम्पस मा वृक्षरोपण गरेको छ ।
रजत जयन्ती मनाइ रहेको प्रतिष्ठान ले साउन ५ गते शनिबार क्याम्पस हाता मा कल्की, तेजपत्ता, बेल अमला, शिरीष को फूल लगायत का बिरुवा रोपेको हो ।

अनौपचारिक रुप मा सम्पन्न कार्यक्रम मा प्रतिष्ठान का पूर्व अध्यक्ष समेत रहेका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल ले हेमजा साहित्य प्रतिष्ठान नेपाल साहित्यिक सेवा का अलवा सामाजिक कार्य मा अग्रसर बनेको मा खुसी व्यक्त गरे ।
प्रतिष्ठानका शुभ चिन्तक पूर्व शिक्षक भुवनेश्वर शर्मा पौडेल ले विरुवा सारेर मात्र हुँदैन एसको संरक्षण गर्न मा क्याम्पस को ध्यान जानुपर्ने मा जोड दिए । प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल ले गत वर्ष रजत वर्ष अन्तर्गत २५ वटा कार्यक्रम गर्ने निर्णय भएअनुसार वृक्षरोपण गरिएको एस स्थान मा प्रतिष्ठान को वार्षिक कार्य तालिका अनुसार को कार्यक्रम गर्न स्थान उपलब्ध गराएको मा क्याम्पस परिवार प्रति आभार प्रकट गरेका थिए ।

उनले साउन ८ गते प्रतिष्ठान को स्थापना दिवस भएको जानकारी गराउँदै उक्त दिन बिहान ७:०० बजे पोखरा २५, हेमजा को नहरचोक स्थित ग्रीनहाउस पार्टी प्यालेस मा सहभागी भएर स्थापन दिवस कार्यक्रम लाई भब्य रुप मा सफल पारिदिनु हुन आग्रह गरे ।

कार्यक्रम मा संस्था का अध्यक्ष बलराम पौडेल , सदस्य डा.अनिल थाप, सदस्य रमा त्रिपाठी, क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण का संरक्षक भुवनेश्वर शर्मा पौडेल , क्याम्पस का परीक्षा समिती का संयोजक महेश्वर पौडेल , अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम पोख्रेल , कार्यालय सहायक मोहन गिरी लगायत ले वृक्षरोपण गरेका थिए ।
