गोविन्द तिमिल्सिना

हेमजा, ६ साउन

पोखरा महानगरपालिका वडा न. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो । पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन नहुनु आदि समस्य रहेको थियो ।

आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाउनु भयो । वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत बिद्यालयको भवनमा सारिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको उल्लेख गर्नुभयो । सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि आवश्यक हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले सेवा शुभारम्भ गरेको बधाई दिदै वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले वडाबाट पाइने सेवा सुबिधा बारे जानकारी गराउदै वडा बासिन्दाले पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा न. २ का अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेलले बोल्नु भएको थियो । कार्यक्रममा गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल, गौरि शंकर मा.बिका प्र.अ अम्बर कुँवर, साबिक ग्रामप्रकास आ.बि का अध्यक्ष दलबहादुर कुँवर प्र.अ मनोहरी तिमिल्सिना लगाएत अन्य सदस्यलाई सम्मान गरियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी इश्वरी बाँस्तोलाले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com