
पोखरा १४, साउन
पोखरामा आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजानिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोनामा भएको बन्द तथा हडतालका क्रममा रिपोटि· गर्न पुगेका पत्रकार माथि हात पात गर्ने ५ जना मानिस पक्राउमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की बाट खटिएको प्रहरी टोलीले ती ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइ थप अनसुन्धान अघाडी बढाएको छ ।
त्यसरी पक्राउ पर्नेहरुमा पोखरा ९ शान्तिवन बस्ने बर्ष ४९ को सूर्य बहादुर नेपाली, गोरखा जिल्ला घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ३३ बर्षीय बुद्धि बहादुर बयलकोटी, पोखराको लामाचौर बस्ने बर्ष १६ को प्रशान गुरु·, लम्जु· जिल्ला घर भई हाल पोखरा जिरो कि.मी बस्दै आएको बर्ष २८ का सन्तोष बस्नेत र स्या·जा जिल्ला घर भई हाल पोखरा १७ घारीपाटन बस्दै आएका ३५ बर्षीय टंक बहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
पोखरामा आइतबार सार्वजानिक सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोटि· गर्न पुगेका पोखरा टेलिभिजनका रिपोटर विना कुमारी थापा र गण्डकी भ्वाईस अनलाईन मिडियाका व्यवस्थापक निर्देशक सुरज थापालाई हातपाट तथा कुटपिट गरेका थिए ।
