खोजी विशेष संवाददाता
टुओम्बा ३०, अगस्ट
नेपालबाट अस्ट्रेलिया आँउनु भएका टुओम्बा बुवा आमा समूहले आज मंगलबार भेटघाट तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा स्थित लेमवे एभिन्यू पार्क (नेपाली पौवा)मा विहान १० बजे उक्त कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा उपस्थित बुवा आमा बीच भेटघाट, परिचय तथा नेपाल फर्कन लाग्नुभएका बुवा आमाहरुलाई विदाई कार्यक्रम समेत गरिएको थियो ।
भेटघाटका क्रममा उपस्थित बुवा आमाहरुले आफूले अस्ट्रेलियामा देखे भोगेको अनुभव साटासाट गर्नुभएको थियो ।
उपस्थित बुवा आमाहरुले भेटघाटमा छुट्नु भएका , भर्खर नेपाल बाट आउनुभएका र नेपाल फर्कन लाग्नुभएका सबै जना बुवा आमा मिलेसम्म पार्कमा भेटघाट गर्ने र नेपालको माया ममतालाई कायमै राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित बुवाआमाहरुले चियापान समेत गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित बुवा आमा मध्ये जेष्ठताको आधारमा राम शरण बस्नेत को सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा महेश्वर आचार्यले स्वागत र पूर्णमान श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन कप्रिन्द्र देउजाले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com