खोजी विशेष संवाददाता
पोखरा १७, श्रावण
चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका वडा नं ४ लाहाचोक बस्ने बर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे गाँउपालिका वडा नं २ भराभरी बस्ने बर्ष ५१ को खड्क बहादुर पुन मगर, पोखरा महानगर पालिका वडा नं २१ बस्ने बर्ष ५८ को लोक बहादुर राना मगर र पोखरा महानगरपालिका वडा नं ३ नदिपुर बस्ने बर्ष ३५ को राजु सुनार लाई प्रहरीले पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।
उनीहरुले गत श्रावण ३ गते अन्दाजी राती ८ः३० बजे कास्की जिल्लाको माछापुच्छ्रे गाँउ पालिका वडा नं १ रुम्जा बस्ने शशीघर काफलेको घरमा ४÷५ जनाको समुहमा गई धारिलो हतियार देखाएर विभिन्न किसिमका सुनका गर गहना , मोबाईल र नगद समेत गरी अन्दाजी मुल्य रु १४ लाख ८ हजार बराबरको धनमाल चोरी गरेका थिए ।
घटना पश्चात सूचना पाएको वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न ४ जना व्यक्तिहरुलाई प्रक्राउ चोरी तथा डाँका सम्बन्धी मुद्दामा थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
