पोखरा ६, जेठ
हेम्जा साहित्य प्रतिष्ठान नेपाल को रजत जयन्ती को सन्दर्भ मा आयोजित २२औं विशेष कार्यक्रम विधालय स्तरीय स्थलगत निबन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ ।
माछापुच्छ्रे गाउँपालिका , पोखरा महानगरपालिका वडा नम्बर २५ र १ मा अवस्थित माध्यमिक तह का सात वटा बिधालय का १५ जना विद्यार्थीहरू बिच प्रतियोगिता गराइएको थियो ।
कुन शिर्षक मा निबन्ध लेख्ने भन्ने बारे आधा घण्टा अगाडि प्रतिष्ठान का अध्यक्ष ले ४ वटा शिर्षक को छुट्टाछुट्टै गोला बनाएर बिद्यार्थीहरु को सहमति मा श्री शुक्लागण्डकी मा. वि माछापुच्छ्रे, ३- घाचोक कि शिक्षिका प्रतिमा पौडेल ले एउटा गोला थुतेर शिर्षक चयन गरिएको थियो ।
स्नो भ्यू बोर्डिङ कि निर्देशक विष्णु कुमारी अधिकारी ले कार्यक्रम को उद्घाटन गर्दै साहित्य प्रतिष्ठान ले साहित्य बाहेक का अन्य क्षेत्र को बिकास मा पनि सकृयता का साथ अगाडि बढेको मा खुसी व्यक्त गर्दै सहभागी बिद्यार्थीहरु लाई अनुशासन, लगनशीलता र सहनशीलता लाई आत्मसात गर्दै अगाडि बढन मा प्रेरित गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु, लाई सफलता को शुभकामना दिएकी थिइन ।
हेम्जा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल ले प्रतिष्ठान ले आयोजना गरेका कार्यक्रम मा आफ्ना बिद्यार्थीहरु पठाएर सहयोग पुर्याउनु भएका प्रत्येक विधालय मा एक एक वटा विषेश कार्यक्रम लिएर जाने योजना रहेको जानकारी दिएका थिए । उनले जेठ ४ गते सम्पन्न प्रतियोगिता को नतिजा जेठ १० गते सोही स्थान मा प्रकाशित गरि सोहि दिन पुरस्कार वितरण गरिने कुरा प्रतियोगीहरु लाई जानकारी गराए ।

प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल को सभापतित्व मा सप्पन्न कार्यक्रम लाई प्रतिष्ठान का सचिव परशुराम अधिकारी ले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य दिवाकर पौडेल ले स्वागत गरेका थिए ।
