सुनिल गायक
पोखरा १४, मंसिर
साहित्यकार, प्राध्यापक टीकाराम बाँस्तोलाको स्मृति दिवस २०८२ को सन्दर्भमा पोखरा २५ हेमजामा एवं राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तित्वहरुलाई सम्मान गरिने छ
हेमजाको विकासमा योगदान पुयाएका स्व. टीकाराम बाँस्तोला का परिवारजनबाट स्थापित तथा हमेजा साहित्य प्रतिष्ठान को आयोजनमा उक्त कार्यकरम हुनगईरहेको छ।
उक्त सम्मान अर्पण समारोहमा ४ जनालाई २०८२ माघ ८ गते टीकाराम स्मृति दिवसका का दिन प्रदान गरिनेछ।
सम्मानित हुनेहरुमा हेमजा एवं छिमेकी गाउँमा हिन्दू धर्म संस्कृतिको संरक्षण एवं शिक्षा प्रदान गर्नु भएका ८६ वर्षीय पं-माधव शरण बाँस्तोला , फुटवल खेलबाट हेमजालाई राष्ट्रिय स्तरमा परिचय गराउनुहुने श्यामबहादुर सापकोटा, पोखरा २५ हेमजा गौरीशङ्कर क्याम्पसमा प्रारम्भमा प्राध्यापन गरी योगदान पुयाएका प्राध्यापक ओमप्रकाश शर्मा र नेपाली लोकसंगीतको क्षेत्रमा राष्ट्रिय स्तरमा परिचित हरिदेवी कोइराला हुनुहुन्छ।
टीकाराम बौस्तोला स्मृति सम्मान २०८२ का लागि प्रतिभा चयन समितिको संयोजक कृष्णप्रसाद पौडेल, सदस्य बलराम पौडेल र सदस्य वसन्तराज त्रिपाठी हुनुहुन्छ। संयोजक पौडलको अध्यक्षतामा बसेको प्रतिभा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
