हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा मासिक दोस्रो शनिवार संचालन हुने शुभप्रभात काव्यमालाको २५८ औँ श्रृखला
सम्पन्न भएको छ। उक्त श्रृंखलामा अपेक्षा विक, स्मृति विक,अस्मित परियार, अनुस्का परियार, निकेश गायक, प्रकृति गायक, असिम गायक, बाबुराम पौडेल,रिता थापा, दिवाकर पौडेल, बसन्त राज त्रिपाठी, भरत राज अधिकारी,छन्दिका त्रिपाठी, छन्दमणी त्रिपाठी, शिव त्रिपाठी लगायतले रचना वाचन गरेका थिए,
प्रतिष्ठान अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष छन्दमणी त्रिपाठी संचालन प्रतिष्ठानका सचिव छन्दिका त्रिपाठी ले गरेकी थिईन।
