समीक्षक बलराम पौडेलको ‘चोरिएको समय’ लोकार्पण

असफल गौतम

पोखरा

साहित्यकार बलराम पौडेलको समीक्षा कृति चोरिएको समय शुक्रवार एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त कृतिको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतम, गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेल, पोखरा २५ का पूर्व वडाध्यक्ष शोभाकर तिम्सिना, तत्कालीन हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठीले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले समाजमा नैतिक पाठ पढाउन र पछिल्लो युवापुस्तालाई सही मार्ग निर्देशनका लागि साहित्यको ठूलो भूमिका हुने बताए । उनले व्यस्त समयमा पनि फुर्सद निकालेर गहन किताब प्रकाशित गरेकामा स्रष्टालाई बधाई ज्ञापनसमेत गरे । प्रवक्ता तिम्सिनाले वडा कार्यालय पोखरा २५ सदा हेमजा साहित्य प्रतिष्ठानसँग निरन्तर सहयात्रा र सहकार्य गरेर अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा थप सहकार्य हुने बताए ।

अनेसास गण्डकीका महासचिव असफल गौतमले स्रष्टा पौडेललाई हेमजाको माटो शिरमा बोकेर हिँड्ने स्रष्टाका रूपमा चिनाए । कृतिका सन्दर्भमा उनले भने, “पछिल्लो समय साहित्य लेखन मनको भँडास पोख्ने माध्यम मात्र बनिरहेका बेला समीक्षा कृति प्रकाशित हुन नेपाली साहित्यका लागि सुखद् सन्दर्भ हो ।” गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृषप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिले हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान विस्तार गर्न यस्ता कार्यक्रमले थप सहजता प्रदान गरेको बताए ।

पोखरा २५ का पूर्व वडाध्यक्ष शोभाकर तिम्सिनाले साहित्यको काम समाजलाई सही बाटो देखाउने भएकाले अथक मेहनत गरेर कृति प्रकाशित गरेकामा स्रष्टालाई सफलताको कामना गरे । तत्कालीन हेमजा गाविसका वडाध्यक्ष रामचन्द्र त्रिपाठीले एउटा कृतिका लागि कलम चलाउन कैयौं कृति पढ्नुपर्ने, ज्ञान आर्जन गर्नुपर्ने भएकाले साहित्य लेखन आफैँमा गहन विषय भएको बताए । स्रष्टा बलराम पौडेलले विधागत रूपमा धेरै क्षेत्रमा कलम चलाएको र तत्कालको सहजताका लागि समीक्षा कृति प्रकाशित गरेको जानकारी दिए । साथै कृति प्रकाशन गर्नका लागि हौसला प्रदान गर्ने कृतिका सर्जक त व्यप्रतआभार व्यक्त गरेकतिए। पतिका थ २५४औं शुभप्रभात काव्यमालासहित सम्पन्न कार्यक्रममा गन्धर्व पाठशालाका भाइबहिनीले गन्धर्व धुन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष सुनिल गायक,सचिव परशुराम अधिकारी, सदस्य दिवाकर पौडेलले आफ्ना भनाइ र रचना प्रस्तुत गरेका थिए

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com