पौष १३, काश्की ।

हेमजा सहित्य प्रतिष्ठान नेपाल ले लियो क्लब अफ हेमजा सँग सहकार्य गरि शनिबार पोखरा–२५, हेमजा मा रहेको विष्णुपादुका माईस्थान मन्दिर को सभाकक्ष मा आफ्नो नियमित मासिक शुभप्रभात काव्यमाला कार्यक्रम को २५५औं शृङ्खला कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठान का प्रज्ञा सभा सदस्य कृष्ण प्रसाद पौडेल ले वर्तमान कार्यसमिति ले विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै नेपाली साहित्य मा पुर्याएको योगदान को मुक्तकन्ठ ले प्रशंंसा गरेका थिए ।

प्रतिष्ठान का संस्थापक सचिव कोबिदशरण उपाध्याय ले वर्तमान कार्यसमिति ले पोखरा का साहित्यिक संस्थाहरु मा आफू लाई क्रियाशील संस्था सावित गराई अधिवेशन पश्चात् यो टिम ले रजत वर्ष मा केही गर्न सक्दैन भनी कुरा काट्नेहरु को मुख मा बुझो लगाउन सफल बनेको मा वर्तमान कार्यसमिति लाई बधाई का साथ प्रतिष्ठान को उत्तरोत्तर प्रगति को शुभेच्छा राखेका थिए। समाजसेवी ॠषिराम पौडेल प्रतिष्ठान वर्तमान अवस्था सम्म ल्याउन का लागि कार्यसमिति मा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुप मा सहयोग पुर्याउनेहरु प्रति आभार प्रकट गर्दै वर्तमान कार्यसमिति ले संस्था लाई कुनै पनि आर्थिक भार नपारी रकम जुटाएर कार्यक्रम गरेको मा वर्तमान कार्यसमिति लाई धन्यवाद व्यक्त गरेका थिए। कोहिनुर अफसेट प्रेस का सन्चालक एवम् प्रतिष्ठान का संरक्षणक वसन्त बाँस्तोला चिन्तित ले प्रतिष्ठान ले साहित्य को साथै सामाजिक बिकास मा पुर्याएको योगदान को प्रशंसा गरेका थिए। सोही अवसर मा प्रतिष्ठान का गतिविधि बाट प्रभावित भएका व्यक्तिहरु ले प्रतिष्ठान लाई आर्थिक रकम सहयोग गरेका थिए ।

सहयोग गर्नेहरु मा भरतचन्द्र गौतम रु १०००/-, ॠषिराम पौडेल रु ३५००/-, वसन्तराज त्रिपाठी रु ५००/-, वसन्तराज बाँस्तोला रु ६००/- ( व्यानर ), मेनका आचार्य रु १०००/- प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल लाई हस्तान्तरण गरेका थिए। प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल ले प्रतिष्ठान लाई एहाँसम्म ल्याइपुर्यानु भएका अग्रजहरु, सहकार्य गरि सहयोग पुर्याएको लियो क्लब अफ हेमजा, हल उपलब्ध गराई सहयोग गर्ने विष्णुपादुका माईस्थान धार्मिक बिकास समिती, आर्थिक सहयोग गर्ने सहयोगी मनहरु र कार्यक्रम मा उपस्थित भएर कार्यक्रम लाई शोभनीय बनाउने महानुभाव र संस्थाहरु प्रति आभार प्रकट गर्दै आगामी दिन मा पनि एस्तै सहयोग को अपेक्षा राखेका थिए। शुभप्रभात काव्यमाला कार्यक्रम को २५५औं शृङ्खला कार्यक्रम मा भरतचन्द्र गौतम, डा.अनिल थापा, ॠषिराम पौडेल, विष्णु प्रसाद बाँस्तोला, गंगा त्रिपाठी, आभास दाहाल, वसन्तराज त्रिपाठी,कोबिदशरण उपाध्याय, मेनका आचार्य, सुनिल गायक, प्रकाश त्रिपाठी, कृष्ण प्रसाद पौडेल , बलराम पौडेल लगायत ले आफ्ना रचना वाचन गरेका थिए भने लियो क्लब अफ हेमजा को टिम बाट मौलिक भजन र गन्धर्व सारङ्गी प्रशिक्षण पाठशाला का भाई बहिनीहरु ले सारङ्गी प्रस्तुत गरेका थिए । हेमजा सहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा लियो क्लब अफ हेमजा क अध्यक्ष सुशान्त बांँस्तोला ले स्वागत र प्रतिष्ठान का उपाध्यक्ष सुनिल गायक कार्यक्रम संचालन गरेका थिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com