बलराम पौडेल
बैशाख २, पोखरा
हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा प्रकाशित वि.सं २०८१ साल को भित्ते-पात्रो बिमोचन , नयाँ वर्ष को शुभकामना आदान-प्रदान कार्यक्रम बैशाख ०२ गते पोखरा २५ हेमजा मा संचालित १२औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ को कार्यक्रम मा भव्यता का साथ सम्पन्न भएको छ ।
कार्यक्रम मा प्रमुख अतिथी पोखरा महानारपालिका का प्रवक्ता एवम् वडा नं २५ का वडा अध्यक्ष मोतिलाल तिम्सिना, विशेष अतिथिहरु वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, लोक सम्राट राजु परियार, निवर्तमान वडा अध्यक्ष शोभाकर तिम्सिना अतिथिहरु विष्णुपादुका क्लब का अध्यक्ष सुबिन श्रेष्ठ, मान्छे बोक्सी हुन्न कहिल्यै राष्टिय जागरण का संरक्षक भुवनेश्वर पौडेल, लोक गायक कुमार पुन, लोक गायिका सरला पाण्डे, मन्जु बिक लगायत ले संयुक्त रुप मा विमोचन गरेका थिए ।

कार्यक्रम मा प्रमुख अतिथि को मन्तव्य राख्दै पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिना ले हेमजा साहित्य प्रतिष्ठान नेपाल स्थापना को २५ वर्ष मा प्रवेश गरेको सन्दर्भ पारी २५ वटा नयाँ कार्य गर्ने निर्णय गरे बमोजिम लगातार १७औं कार्यक्रम गरेको मा खुशी व्यक्त गरे ।उनले प्रतिष्ठान ले सामाजिक काम मा लागेर गरेको सहयोग को प्रशंसा गर्दै आफ्ना वार्षिक गतिविधि लाई समेटेर पञ्चाङ्ग सहित को भित्ते -पात्रो प्रकाशन गरेको मा प्रतिष्ठान लाई बधाई दिँदै भितेपात्रो मा समेटिएका कार्यक्रमहरु सफलता का साथ सम्प्पन्न गरि अझै राम्रो कामहरूको अपेक्षा राख्दै नव वर्ष २०८१ शुभकामना सहित संस्था को उत्तरोत्तर प्रगति को शुभकामना समेत गरेका थिए ।
कार्यक्रम मा प्रतिष्ठान को तर्फ बाट अध्यक्ष बलराम पौडेल, उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारी,सदस्य दिवाकर पौडेल र सदस्य विष्णुप्रसाद बँस्तोला को सहभागी रहेको थियो ।
पोखरा महानगरपालिका का प्रवक्ता एवम् वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिना को प्रमुख आतिथ्यता, संस्था का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम संस्था का सचिव परशुराम अधिकारी ले संचालन गरेका थिए ।
