पोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुनेछ । जस अनुसार निम्न कार्यक्रमहरु तय गरी सम्पन्न हुने क्रममा रहेका छन् ।
जेसीज सप्ताह- २०२३ मा संचालन गरिने कार्यक्रमहरुमा प्रथम दिनको कार्यक्रम जेसीज सप्ताह समुद्घाटन तथा संसदिय अभ्यास तालिम,द्रोस्रो दिनको कार्यक्रम १० जोड २ का विद्यार्थीहरुका लागि वृत्ति विकास योजना परामर्श,तेस्रो दिनको कार्यक्रम उद्यमी तथा व्यावसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी कार्यक्रम सम्पन्न भइसकेको छ भने
चौथो दिनको कार्यक्रममा मादी गाउँपालिका वडा नंः६ मा रहेको महारूद्र मा.विमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट ४४ जना बिधार्थीले सेट,कापी कलम सेट साथै खेलकुद सामग्री प्राप्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि मादी गाउँपालिका वडा नं ६ का अध्यक्ष डिल बहादुर क्षेत्रीले युवाहरुको संस्था जेसीससँग धेरै कार्यक्रम मिलेर सहकार्य गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा पोखरा जेसीस २०२३ का अध्यक्ष गणेश गिरीले पोखराका विभिन्न विधालयमा सहकार्य गरिसकेको र महारूद्र मा.विमा सहकार्य गर्दा आफुलाई निकै खुसी लागेको बताउनुभयो।
कार्यक्रमका बिशेष अतिथि महारूद्र मा.वि विधालय व्यवस्थापन समितिका अध्यक्ष कमलापति वरालले जेसीस आफ्नो विधालयमा आउदा खुसी लागेको बताउनुभयो साथै अतिथि महारूद्र मा.विका प्रधानाध्यापक डिल्लीराम देवकाेटाले यस्तो कार्यक्रमले व्यक्तित्व विकास हुने र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमकाे संचालन पोखरा जेसिसका साधारण सदस्य विवेक ढुङ्गानाले गर्नु भएको हाे।
पाँचौ दिनको कार्यक्रममा बृहत रक्तदान कार्यक्रम,छैटौं दिनको कार्यक्रममा निशुल्क स्वास्थ्य तथा दन्त शिविर साताै दिनको कार्यक्रममा गण्डकी युवा बक्ता तथा समापन कार्यक्रम युवा विद्यार्थीहरुकोमा रहेको वाककला प्रस्फुटन गराउने कार्यक्रम बाँकी छन् ।
खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो ।
हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ ।
youtube : Khojibises
Tiktok : khojibisestv
instragram : khojibises
facebookpage : khojibises
if you have anything about your concern to us you can contact : khojibises@gmail.com