खोजी विशेष संवाददाता
टुओम्बा ३०, अगष्ट
वैदिन सनातन धर्मावलम्बी हिन्दुहरुको पवित्र आस्था तथा पर्वको रुपमा मनाउदैँ आइरहेको जनै पूर्णिमा यस बर्ष भाद्र महिनाको १४ गते विहीबार अर्थात अगस्ट ३१ तारिखका दिन परेको छ ।

 

 

गुरुहरु बाट पवित्र रुपमा यज्ञ गरेर पूजिएका जनै तथा रक्षा बन्धन आफूभन्दा ठूला बडा गुरुहरुबाट बाध्ने प्रचलन चलिआएको छ ।

पछिल्ला बर्षहरुमा नेपाल बाहिर पनि विभिन्न देशहरुमा त्यहाँ उपलब्ध श्रोत र साधनका आधारमा नेपाली चाडपर्वहरु मनाइदै आइरहेको पाइन्छ ।
अस्टे«लियाका विभिन्न शहरहरुमा जनै पूर्णिमा विशेष गुरुहरुको हात बाट जनै फेर्ने तागो बाध्ने तथा जनै पुज्ने कार्यक्रम राखिएका छन् । यसै सन्दर्भमा अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा पनि जनै पूर्णिमा विशेष कार्यक्रम राखिने भएको छ ।
गुरु अनुज भण्डारी ले विधि पूर्वक पूजा आजा सम्पन्न गरि जनै फेरिदिने र तागो बाध्ने कार्यक्रम रहेको आयोजक नेपलिज एसोशिएसन अफ टुओम्बाले जनाएको छ।
कार्यक्रम विहान ७ बजे देखि ११ बजे सम्म टुओम्बा शहरको युनि प्लाजामा रहेको दरबार क्याफेको प्रा·णमा हुने बताइएको छ ।
आयोजकले टुओम्बामा बस्ने नेपालीहरु आफना अभिभावक सहित पूजामा सहभागि भई लाभ लिन विशेष अनुरोध पनि गरेको छ ।
पण्डित अनुज भण्डारीलाई पूजा विधि सम्पन्न गराउन नेपाली अभिभावक बूवा आमाहरुको साथ रहने आयोजकले जनाएको छ।

गत बर्ष पनि सोही स्थानमा सामूहिक रुपमा जनैपूर्णिमा मनाइएको थियो । तलको लिकं बाट विस्तृत रुपमा भिडियो मा हेर्नुहोला .

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com