
टुओम्बा ३१, अगस्ट
पछिल्ला केही बर्ष यता परदेशमा पनि नेपाली चाँडवार्ड तथा संस्कृति र पर्वहरु विधि पूर्वक सामूहिक रुपमा मनाइदैँ आएका छन् । यसको ज्वलन्त उदाहरण हो अस्ट्रेलियाका विभिन्न शहरहरुमा उपलब्ध श्रोत तथा साधन सहित पण्डित तथा गुरुहरुको उपस्थितिमै गरिने विभिन्न पूजा आजाका कार्यक्रमहरु ।
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा विहिबार पण्डित अनुज भण्डारी बाट विधिपूर्वक पूजा आजा गरी भक्तजनहरुको उपस्थितीमै सामुहिक रुपमा जनैपूर्णिमा मनाइएको छ ।
नेपलिज एसोसिएसन अफ टुओम्बाले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन दरबार क्याफे एण्ड रेष्टुरेन्ट ले गरेको थियो ।
गुरुका हात बाट तागो बाध्ने तथा जनै फेर्न आउने श्रद्धालु भक्तजनहरु परदेशी भूमिमा पनि यसरी कार्यक्रम गर्न पाँउदा खुशी व्यक्त गरेका थिए ।

उता क्वीन्सल्याण्डको मूख्य शहरमा विस्रवेनका विभिन्न स्थानमा सामूहिक रुपमा नै पण्डितद्धारा मन्त्रोउञ्चारण गरि यज्ञोपवित्र जनै तथा तागो धारण गरिएको खबर प्राप्त भएको छ ।
https://youtu.be/u-QXFKNgfxo?si=pe83VLNiSH8KFELG
