खोजी विशेष संवाददाता
फेव्रुवरी २५, टुओम्बा
सनातन धर्म अष्ट्रेलिया ईन्क को आयोजनामा महाशिवरात्री विशेष पुजा आजा भजन किर्तन हुने भएको छ ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बामा हालै स्थापित श्री धर्मेश्वर महादेवको प्रा·णमा बुधबार फेव्रुवरी २६ तारिख विहानै देखि पुजा आजा तथा भजन किर्तन हुने भएको छ ।

टुओम्बामा यस वर्ष पहिलो पटक सनातम धर्म अष्टे«लिया लिंकले आयोजना गरेको महाशिव रात्री पर्व पुजा आजा सामुहिक रुपमा हुन लागेको हो ।
कार्यक्रम टुओम्बा स्थित ११३ मोर्ट स्ट्रिट मा हुने बताइएको छ ।
सनातन धर्म अष्ट्रेलिया ईन्क का अध्यक्ष राजन अधिकारीले एक सुचना जारी गर्दै महाशिवरात्री पर्वको अवसरमा सम्पÒर्ण श्रदालु भक्तजनहरुलाई सहभागी भई पर्वलाई श्रद्धा पुर्वक मनाउनुहुन अनुरोध गरिएको छ ।
