खोजी विशेष संवाददाता
फेब्रुवरी २५, टुओम्बा
अस्ट्रेलियाको टुओम्बामा धर्मेश्वर महादेवको स्थापना भएको छ ।
सनातन धर्म अस्ट्रेलिया ईन्क ले गत फाल्गुण ५ गते सोमबार अर्थात फेब्रुवरी १७ तारिखका दिन अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा स्थित ११३ मोर्ट स्ट्रिटमा धर्मेश्वर महादेवको स्थापना गरेको हो ।
अस्ट्रेलिया ईन्कका अध्यक्ष राजन अधिकारीले विशेष पुजा आजा गरि धर्मेश्वर महादेवको स्थापना गर्नुभएको हो सो अवसरमा टुओम्बा स्थितका श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा विशेष पुजा अर्चनाका साथै भजन किर्तन समेत गरिएको थियो ।

धर्मेश्वर महादेवको स्थापना सँगै सर्वसाधारणका लागि खुल्ला रहेको सनातम धर्म अस्ट्रेलिया ईन्कका उपाध्यक्ष विष्णु खनालले जानकारी दिनुभयो ।
सनातन धर्म अस्ट्रेलिया ईन्कले आगामी बर्षहरुमा आफनै जग्गा सहितको धर्मेश्वर महादेवको मन्दिर, सभाहल, भवन तथा यज्ञ कुण्ड निमार्ण गर्ने लक्ष्य बोकेको सनातन धर्म अस्ट्रेलियाका अध्यक्ष राजन अधिकारीले खोजी विशेषलाई जानकारी दिनुभयो ।

 

 

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com