खोजी विशेष संवाददाता
फेब्रुवरी २७, टुओम्बा
धर्मेश्वर महादेव अष्ट्रेलियामा महाशिवरात्री भव्य रुपमा सम्पन्न भएको छ। सनातन धर्म अष्ट्रेलिया इन्क को आयोजनामा क्वीन्सल्याण्डको टुओम्बामा आयोजित महाशिवरात्री विशेष पुजा आजा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
टुओम्बा स्थित ११३ मोर्ट स्ट्रिट धर्मेश्वर महादेवको प्रा·णमा सञ्चालित पुजा आजा कार्यक्रममा भक्तजनहरुको घुइँचो लागेको थियो ।
सनातन धर्म अष्ट्रेलिया ईन्कका अध्यक्ष राजन अधिकारीले विधिवत रुपमा विहानै देखि पुजा आजा गर्नुभएको थियो ।
प्ुजा स्थलमा उपस्थित भक्तजनहरुले पुजा आजाका साथै भजन किर्तन समेत गरेका थिए ।
टुओम्बाको नेपाली समुदाय भित्रै नै पहिलो पटक सामुहिक रुपमा महाशिवरात्री विशेष पुजा आजा भजन किर्तन भएको हो ।
सो अवसरमा नेपाली समुदाय बाहेक अन्य समुदायका भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।
सनातन धर्म अष्ट्रेलियाले यसअघि मात्र फेब्रुवरी १७ तारिख विधिवत रुपमा धर्मेश्वर महादेवको प्राण प्रतिष्ठा गरेको थियो ।
नेपाल बाटै ल्याइएको शिव लि· लाई विधिवत पुजा अर्चना गरि धर्मेश्वर महादेवको रुपमा प्राणपतिष्ठा गरिएको हो ।
ईन्कले आगामी बर्षहरुमा आफनै जग्गामा धर्मेश्वर महादेव मन्दिर, सभाहल, बँगैचा, यज्ञ कुण्ड लगायत विविध धार्मिक कार्यहरुहरु गर्ने लक्ष्य बोकेको ईन्कका अध्यक्ष राजन अधिकारीले बताउनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com