खोजी विशेष संवाददाता
टुओम्बा २३, फाल्गुण

हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा ११५ औँअन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले हेमजामा रहेका महिलाका बिचमा  परिवार व्यबस्थापनमा महिलाको भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार हेमजामा भएको वक्तृत्वकला प्रतियोगितामा पोखरा २५ हेमजा स्थितका १५ आमा समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दहरे देउराली आमा समुहकी प्रशंसा तिम्सिना त्रिपाठी प्रथम, गौरी शंकर आमा समुहकी राधिका पौडेल द्धितीय, नमुना आमा समुहकी शुशिला बाँस्तोला तृतीय र सृजनशिल आमा समुहका गीता बरालले सात्वना स्थान हासिल गर्न सफल भएका छन् । स्थान हासिल गरेसँगै क्रमश प्रथमले नगद रु ५ हजार, द्धितीय स्थान हासिल गर्नेले ३ हजार, तेश्रोले २ हजार र सात्वना स्थान हासिल गर्नेले नगद रु १ हजार प्रमाण पत्र हासिल गर्न सफल भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका का कार्यपालिका सदस्य धना तिम्सिना पोखरेल प्रतिष्ठानले महिलाहरुको प्रतिभालाई उजागर गर्ने कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रतियोगीहरुको प्रस्तुतीले आफु अत्यन्त हर्षित रहको बताईन,कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २५ का वडा सदस्य तारा विश्वकर्मा, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, महिला संजाल समिति हेमजा का अध्यक्ष अप्सरा तिम्सिना लगायतले आफनो भनाई राखेका थिए।
प्रतियोगिताको निर्णायकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य डा। डिलकुमारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना, कवि लक्ष्मी थापा रहेका थिए।
प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिषठानका उपाध्यक्ष छन्दमणी त्रिपाठी र संचालन सचिव छन्दिका त्रिपाठीले गरे।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com