चैत ०२ पोखरा-
बलराम पौडेल
संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८२ सालको गण्डकी भित्ते-पात्रो विमोचन , शुभकामना आदानप्रदान तथा सेतीगण्डकी दिव्य महाआरती एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
पोखरा ९ शान्तिघाट ,आरती भवनमा भएको उक्त कार्यक्रमा पोखरा महानगरपालीका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथिको मन्तव्य राख्दै मर्सानीले संकृत युवा मञ्च नेपालले सामाजिक काममा लागेर गरेको कार्यको प्रशंसा गर्दै पञ्चाङ्ग सहितको यस्तो गुणस्तरीय भित्ते -पात्रो प्रकाशनमा ल्याउनु असाध्यै राम्रो काम भएको बताउनु भयो ।

उहाँले सेती गण्डकीको साप्ताहिक सन्ध्याकालिन महाआरती गरी अझै राम्रो काम गरेको भन्दै यस्ता सामाजिक तथा धार्मिक कार्यहरूमा आफू र वडाको तर्फबाट सक्दो सहयोग तथा साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासीनि संस्कृत विद्यापीठ पोखराका सह-प्रध्यापक डा. भोलानारायण रेग्मीले धर्म ,संस्कार, संस्कृति र संस्कृतको संरक्षणका निम्ति युवा मञ्चले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै थप कार्यका लागि प्रोत्साहन समेत गर्नुभयो ।
कार्यक्रममा वडा नं ९ का वडा सदस्य नन्दराम गिरी, भित्तेपात्रो प्रकाशन उप समितिका संयोजक लक्ष्मण पौडेल लगायतले आ-आफ्नो मन्तव्य राख्दै शुभकामना प्रदान गर्नुभएको थियो भने गुरुहरू विकाश पौडेल , अरविन्द चापागाईं र आनन्द गौतमले गण्डकीको सन्ध्याकालिन आरती गर्नु भएको कुरा संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष विस्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव दिवाकर पौडेलले कार्यक्रम संचालन तथा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य रख्नुभएको थियो ।
