श्रीभद्र पौडेल

पोखरा, ९ चैत

प्रगतिशील लेखक सङ्घ गण्डकीको आज शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई जिम्मेवारी दिएको छ । त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला गाउँले पदेन सदस्य नियुक्त भए ।

त्यसैगरी अधिवेशनले बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । अधिवेशनकै बिच सङ्घको आवधिक प्रकाशन गण्डक आलोक भाग २ निबन्ध विशेषाङ्कको परिचर्चा भयो । त्यस्तै सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई गण्डक साहित्य पुरस्कारबाट सम्मानित गरियो । अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिँदै साहित्यकारले आफ्ना सिर्जनामा निखारता ल्याउनुपर्ने औँल्याए ।

उनले स्रष्टाले आफू कति प्रगतिशील भएँ भनेर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै नेपालको वामपन्थी आन्दोलनलाई चलायमान बनाउन प्रगतिशील लेखक सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको औँल्याए । त्यस अवसरमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्मा, एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नारायण अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका सावित्रा दुरा, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा.यमनाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शङ्कर बराल, माक्र्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटी, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी लगायतले प्रगतिशील लेखनको महत्त्वमाथि प्रकाश पारे ।

सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष धुव्रलाल शर्माले स्वागत कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम सञ्चालन गरे । अधिवेशनले अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मल सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com