खोजी विशेष संवाददाता
चैत १०, पोखरा
देवीस्थान सेवा समाज हेमजाको शनिवार सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्मत रुपमा कृष्णमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ।
समितिको उपाध्यक्षमा चन्द्रकला पोखरेल, सचिवमा पुष्पराज तिम्सिना, कोषाध्यक्षमा मोहन भण्डारी, सहसचिवमा अंजिता भण्डारी तिम्सिना रहनु भएको छ।
त्यसैगरी समितिको सदस्यहरुमा नीराजन अधिकारी, प्रशान्त खड्का, उमा कुँवर, र मधुकुमारी दाहाल चयन भएका छन् ।
समाजसेवी भीमप्रसाद श्रेष्ठको संयोजकत्वमा दानबहादुर भुजेल र भगवती चाँपागाई रहेको ३ सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत चयन गरेको हो ।

देवीस्थान सेवा समाजका अध्यक्ष प. हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सह सचिव अंजिता तिम्सिना भण्डारीले स्वागत र सचिव विष्णु भण्डारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
देवीस्थान सेवा समाजले बेला वखतमा विभिन्न सामाजिक तथा सामुदायिक तथा धार्मिक कार्यकम्रहरु गर्दै आएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com