जनै पूर्णिमा र रक्षा बन्धन पर्व हरेक बर्ष श्रावण महिनाको शुक्लपक्ष को पूर्णिमामा पर्दछ । तसर्थ यसलाई श्रावणी पनि भनिन्छ, यो पर्वमा सनातन धर्मालम्बीहरुले विहान सबेरै उठी जलाशयमा गई पन्च गब्य प्रासन गरी शरीरलाई शुद्ध बनाई गोबर खरानी माटोले नुहाउँदछन् ।
तागाधारीहरु (आर्यहरु) यस दिन विधिपूर्वक बनाएका जनैहरु रक्षासुत्र लाई शास्त्रीय विधि अनुसार मन्तरी गुरु पुरोहितहरुमा श्रद्धा भक्ति
साथ जैन लगाउने डोरो बाध्ने गर्दछन । यस दिन तलको मन्त्रले स्लोक पढ्दै रक्षा सुत्र बाधिदिने चलन छ ।
ूयेन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वाम् प्रतिबध्नामि रक्षे मा चल मा चलू॥ जनैइ धारण गर्दा भन्ने मन्त्र ूयगोपबितम परम पबित्रम प्रजापतेय्त्सह्जम पुरस्तात आयुस्यमग्र यम प्रतीमुन्च सुभ्रम यगोपबितम बलमस्तु तेजू । ।
जनैको २ डोरा मध्ये पहिलो डोराको २ शिखा लाई बह्मा, विष्णु र महेश्वरको प्रतिक मानिन्छ भने दोस्रो डोरोको ३ शिखालाई कर्म, बासना र शिक्षा को रुपमा लिइन्छ ।
यस दिन टुसा उमारेको क्वाटी खानाले शरीरमा पर्याप्त मात्रामा पौष्टिक तत्व प्राप्त हुने हुदाँ बैज्ञानिक रुपले पनि यस पर्वलार्य विशेष रुपमा हेरिएको छ ।
लेखक ः पण्डित, अनुज भण्डारी
