
गोबिन्द तिमिल्सिना
हेमजा, २८ असोज
विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार नवदुर्गा महोत्सव -२०८० सुरु भएको छ । बिष्णु पादुका माइस्थान धार्मिक क्षेत्र बिकाश समितिले धर्म संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ नवदुर्गा महोत्सव -२०८० सुरु गरिएको हो ।
आइतबारदेखि सुरु भएको नवदुर्गा महोत्सव -२०८० कार्तिक ६ गतेसम्म विष्णुपादुका माइस्थान प्राङगणमा हुने छ । संगीतमय श्रीमददेवि भावगत महापुराण कथा प्रवचन हुने महोत्सवमा प्रखर वक्ता युवा पं. शुरेस सापकोटाले कथा वाचन गर्नु हुनेछ । नवदुर्गा महोत्सव सुभराम्भ अघि माइस्थाान देखि कलश सोभायात्रा निकालिएको थियो । कलश सोभायात्रा माइस्थानदेखि भिमसेन थान पुगेको थियो । उक्त यात्रा देवीस्थान मार्ग हुदै माईस्थानमा पुगेर समापन गरिएको थियो । सोभा यात्रामा हेमजामा रहेका बिभिन्न भजन समुह, आमा समुहको साथमा सघं सस्थाको सहभागिता थियो ।
यज्ञ अन्तर्गत पहिलो दिन कलशयात्रा एवं पूर्वाङ्गको साथमा कथा बाचन गरिएको र कार्तिक ६ गतेसम्म नियमित कथा प्रवचन, पाठपारायण, बेलपत्र अर्पण र आरती, प्रसादग्रहण, भजनकीर्तन गरी समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
