असोज २९, हेमजा
हेमजा साहित्य प्रतिष्ठान नेपाल र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति काश्की द्वारा हेसाप्र नेपाल को रजतजयन्ती को १२औं विषेश कार्यक्रम अन्तर्गत विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्व काे अवसर पारि शुभकामना आदान प्रदान, खाधान्न वितरण एवम् साँस्कृतिक कार्यक्रम को आयोजना गरि सम्पन्न भएकाे छ ।
कार्यक्रम मा प्रमुख अतिथि को मन्तव्य राख्दै हेमजा साहित्य प्रतिष्ठान नेपाल का संस्थापक सचिव,प्रतिष्ठान काश्की का सल्लाहकार मान्छे बाेक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल का केन्द्रिय अध्यक्ष काेविद शरण उपाध्याय ले याे महत्त्वपूर्ण कार्यक्रम को आयोजना गरि दुबै संस्था बिच आत्मियता अभिवृद्धि गरि सामाजिक उत्तरदायित्व बहन गरेकाे मा खुशी ब्यक्त गर्दै आफू ले प्रतिष्ठान काे भवन निर्माण काे लागि अावश्यक जग्गा खाेजि गर्ने काम गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।
उक्त कार्यक्रम मा समाजसेवी दुर्गाप्रसाद तिम्सिना ,मानव सेवा अाश्रम काश्की का संयाेजक सदिस पुन, हेमजा साहित्य प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष शंकरमणि त्रिपाठी ले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मा कलाकार नवराज अधिकारी ,दुर्गा क्षेत्री ,बिनाेद रामदाम, कमला सुनार,मनाेज नेपाली ,किसन नेपाली लगायत ले आ-आफ्नाे प्रस्तुति राखी कार्यक्रम को रौनकता बढाउनु भएको थियो । साेही अवसर मा मानव सेवा आश्रम लाई दुवै प्रतिष्ठान का तर्फ बाट खाद्य सामाग्री सहित फलफूल हस्तान्तरण गरिएको थियो ।
हेमजा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल को सभापतित्व मा सम्पन्न कार्यक्रम मा साहित्य प्रतिष्ठान कि कोषाध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठान काश्की कि उपाध्यक्ष रिता कार्की कुँवर को स्वागत मन्तव्य रहेको थियो भने प्रतिष्ठान नेपाल का सचिव तथा दाेहाेरी गीत प्रतिष्ठान काश्की का प्रथम उपाध्यक्ष परशुराम अधिकारी ले कार्यक्रम संचालन गर्नुभएको थियो ।
