बलराम पौडेल
पोखरा ३,कार्तिक
हेमजा साहित्य प्रतिष्ठान नेपाल ले नवदुर्गा को अवसर पारी आफ्नो रजत जयन्ती अन्तर्गत को तेर्हौं विशेष कार्यक्रम साहित्यिक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम को आयोजना गरि सम्पन्न गरेको छ ।
हेमजा साहित्य प्रतिष्ठान नेपाल का कार्यसमिति तथा शुभचिन्तक गरि ९ जना को टोलि स्याङ्जा को मिर्दी लाई आफ्नो गन्तव्य बनाइ तेहाँ स्थित वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जा नामक संस्था सँग स्रस्टा भेटघाट, रचना वाचन तथा शुभकामना आदानप्रदान एवम् शुभप्रभात काव्यमाला को २४२औं शृङ्खला कार्यक्रम संयुक्त रुप मा आयोजना गरिएको थियो ।
कार्यक्रम मा सिजन अर्याल, स्मारिका अर्याल, वसन्त खनाल, शम्भु अर्याल, दमकला बगाले, सीताराम अधिकारी, कमल खोकाले, लेखनाथ काफ्ले, एकदत्त त्रिपाठी, भरत बगाले, सागर काफ्ले, दिवाकर पौडेल, ढुण्डिराज ज्ञवाली, परशुराम अधिकारी, बलराम पौडेल, छन्दमणि त्रिपाठी, आवाज शर्मा, अजीत काफ्ले, डा.अच्युतशरण अर्याल, कोविदशरण उपाध्याय, शिव त्रिपाठी लगायत ले कविता, गजल, मुक्तक, गीत, हाइकु, टुक्का, सूत्रकथा, समिक्षा जस्ता विविध विधा का रचना प्रस्तुत गरेका थिए भने कार्यक्रम लाई मिलन समीर ले सहजीकरण गरेका थिए ।
असोज १ र २ गते सप्पन्न भएको दुई दिने भ्रमण कार्यक्रम को संयोजक संस्थापक सचिव कोविदशरण उपाध्याय र भ्रमण को व्यवस्थापन निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी ले गरेका थिए ।
