बलराम पौडेल

पोखरा, १२ कार्तिक

जरोटुप्पो संरक्षण साहित्य समाज, नेपाल ले समाजसेवी सिद्धिकुमारी गौचन को १३औं स्मृति दिवस कार्तिक १२ गते पोखरा को न्युरोड स्थित रिडर्स कर्नर मा भव्यता का साथ सम्पन्न गरेको छ ।

स्मृती दिवस कार्यक्रम मा गण्डकी प्रज्ञा प्रतिष्ठान का प्रज्ञा परिषद सदस्य प्राज्ञ कृष्णप्रसाद पौडेल ले सिद्धिकुमारी गौचन को व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो ।साहित्यकार देवेन्द्र केसी ले गौचन परिवार सँग को स्मृति स्मरण गर्दै गौचन को नेतृत्व क्षमता, कार्यकुशलता र थकाली समुदाय को योगदान बारे प्रशंसा गर्दै आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रम मा लोकनृत्य कलाकार संघ का सल्लाहकार बबिता गुरुङ, अध्यक्ष केशबहादुर गुरुङ, अग्रज साहित्यकार रवीन्द्र माकाजू, हेमजा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल , समाजसेवी रामचन्द्र देवकोटा, स्वतन्त्र पत्रकार संघ नेपाल का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, गुरुङ चलचित्र का महानायक ताराबहादुर गुरुङ लगायत ले गौचन का बहुआयाम बारे प्रकाश पार्दै नाम जस्तै सामाज मा योगदान पुर्याएकी प्रतिभा सिद्धि गौचन को योगदान को चर्चा जति गरे पनि कम हुने बताएका छन् ।

स्मृति कार्यक्रम मा चारघरे ठिटो, अनु बराल, नरेन्द्र रानाभाट लगायत का साहित्यकारहरु ले आफ्नो रचना मार्फत गौचन को स्मरण गरेका थिए । सिद्धि गौचन स्मृति अक्षयकोष का संस्थापक विश्वमोहन गौचन ले कोष स्थापना को उदेश्य प्रकाश पार्दै आफू लाई सफल बनाउन श्रीमती ले निभाएको भूमिका को कदर जुन रूप मा हुनु पर्ने हो त्यो आफू ले पूरा गर्न नसकेको बताउँदै सिद्धि को स्मृति गर्दै सिद्धि शोक काव्य मा समाहित कविता वाचन गर्नु भएको थियो ।

सोही कार्यक्रम मा गुरुङ चलचित्र का महानायक ताराबहादुर गुरुङ ले बेलायत का नेपाली माझ कला संस्कृति का माध्यम बाट उल्लेख्य योगदान पुर्याउनु भएको र पत्रकार असफल गौतम ले देशभर का पत्रकार सम्मिलित राष्ट्रिय प्रतियोगिता मा कलम का माध्यम बाट प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको मा लोकनृत्य कलाकार संघ र जरोटुप्पो समाज बाट सम्मान गरिएको थियो ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल का कार्यवाहक अध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्री को अध्यक्षता मा सम्पन्न कार्यक्रम संस्था का कोषाध्यक्ष असफल गौतम ले सन्चालन गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com