बलराम पौडेल

पोखरा २५ ,  कार्तिक

राष्ट्रिय जनसाहित्यिक संघ ले ११५आैं लक्ष्मी जयन्ति तथा नेपाली का महान पर्वहरु दशैँ,तिहार,छठ तथा नेपाल सम्वत् ११४४ को पावन अवसर मा गण्डकी प्रदेश का विभिन्न पुस्ता का प्रतिनिधि कविहरू को विशेष कवि गोष्ठी सम्पन्न गरेकाे छ ।

पोखरा को जिरो कि मि स्थित न्यू एरा पार्टी प्यालेस मा सम्पन्न गोष्ठी मा बाेल्दै महासंघ का केन्द्रिय उप-महासचिव मनकुमार श्रेष्ठ ले देश कतै भूकम्प ले रुवाएकाे बेला ,कतै आर्थिक मन्दी ले जनता का जिविकाेपार्जन मा समस्या आएकाे बेला ,सरकार काे भूमिका जनहित मा प्रभावकारी नभएका हुँदा कलमजिवीहरु ले जनता का आवाज लाई कविता, गीत, गजल मार्फत बुलन्द पार्नु पर्छ भन्ने धारणा राखेका थिए । कार्यक्रम मा राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश का अध्यक्ष सुवास मल्ल ले महासंघ का घटक संगठन मध्ये को महत्त्वपूर्ण घटक जनसाहित्यिक संघ काे जागरुकता स्वागतयोग्य छ । आगामी दिन मा पनि एस्ता कार्यक्रम ले निरन्तरता पाउन भन्ने शुभेच्छा का साथ आफू आवद्ध संगठन ले कार्यक्रम मा सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गरेका छन ।

” दश कवि का दर्जन कविता ” नाम दिइएको उक्त कार्यक्रम मा पाेखरा लाई कर्मथलाे बनाउँदै आएका दश जना सुप्रसिद्ध कविहरु ले दर्जन कविता वाचन गरेका थिएँ। कार्यक्रम मा कविता वाचन गर्ने कविहरू मा प्राज्ञ रमेश श्रेष्ठ, लाेक गायक पद्मराज ढकाल, प्राज्ञ छन्दिका त्रिपाठी, प्राज्ञ डिल कुमारी पौडेल, कवि लक्ष्मी थापा, कवि ज्वलन्त प्रेमी, कवि गीता तिवारी, कवि प्रतिभा शर्मा, कवि रमा खतिवडा तथा कवि निकेश गिरी रहेका थिए। कार्यक्रम मा प्रमुख कविता वाचक का रुप मा प्राज्ञ रमेश श्रेष्ठ ले तीन कविता वाचन गरे भनेँ बाँकी नाै कविहरु ले एक एक कविता प्रस्तुत गरेका थिए। संघ का सह सचिव साैगात तिमिल्सिना ले आगामी दिन मा एस्तै कार्यक्रम गर्ने बारे याेजना बनाइएको जानकारी दिए। कार्यक्रम मा संघ का पदाधिकारी ,सदस्यहरु र जनसाँस्कृतिक महासंघ सँग आबद्ध सर्जकहरु लगायत विभिन्न साहित्यिक संघ संस्थाहरु काे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

राष्ट्रिय जनसाहित्यिक संघ गण्डकी प्रदेश का अध्यक्ष छन्दमणी त्रिपाठी को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा उपाध्यक्ष सरला लामिछाने ” सरू ” ले स्वागत मन्तव्य तथा सचिव के. आर ढकाल ले सञ्चालन गरेका थिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com