बलराम पौडेल
पोखरा २७, कार्तिक
माछापुच्छ्रे गाउँपालिका, ३- घाचोक स्थित सिर्जना साहित्य सदन ले आफ्नो वार्षिक मुखपत्र सिर्जना २०औं अङ्क को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । ११५औं लक्ष्मी जयन्ती र २०औं अङ्क लोकार्पण को अवसर भएको हुँदा कार्यक्रम मा देवकोटा को तस्वीर मा माल्यार्पण गर्दै २० वटा मैनबत्ती प्रज्वलन का साथै व्यानर बाचन गरि कार्यक्रम को उदघाटन गरिएको थियो ।
” सिर्जना ” अङ्क २०औं अङ्क र साहित्यकार शशी अधिकारी को हाइकु संग्रह ” धर्ती का आँसु ” लाई प्रमुख अतिथी प्राज्ञ तिर्थ श्रेष्ठ, विशेष अतिथि डा.पुष्पा के.सी भण्डारी, विशेष अतिथि माछापुच्छ्रे, ३ – घाचोक का वडा अध्यक्ष हरिश्चन्द्र लम्साल, समिक्षक असफल गौतम, संस्था का अध्यक्ष शिव पोख्रेल लगायत ले संयुक्त रुप मा लोकार्पण गरेका थिए ।
साहित्यकार शशी अधिकारी को हाइकु संग्रह ” धर्ती का आँसु ” लाई साहित्यकार टेकनाथ पीडित ले समिक्षा गर्दै कृति ले देश को वर्तमान अवस्था को उजागर गर्दै समाज मा रहेको कुरिती, बिसङती, माथी व्यङ्ग्य गरेको धारणा राखेका थिए ।
संस्था बाट प्रकाशित सिर्जना २०औं अङ्क लाई स्वतन्त्र पत्रकार महासंघ का अध्यक्ष समिक्षक असफल गौतम ले समीक्षा गर्दै भौतिक निर्माण को कार्य लाई मात्र बिकास ठान्ने राज्य को सोच मा कला,संस्कृति, भाषा र साहित्य को बिकास पनि राष्ट्र को बिकास हो भन्ने सोच को परिवर्तन नभए सम्म साहित्यिक संघ संस्थाहरु निर्धक्क भएर साहित्यिक गतिविधि लाई अगाडि बढाउन नसक्ने धारणा राखेका थिए । कार्यक्रम मा संस्था का सदस्य राजाराम पोख्रेल, डा. इश्वरमणि अधिकारी, सुरेश लम्साल, साहित्यकार छविलाल आचार्य लगायत ले आफ्ना रचना वाचन गरेका थिए ।
बाबू सागर स्मृति प्रतिष्ठान का सांस्थापक बेलकुमार श्रेष्ठ, संस्था का सल्लाहकार रविलाल पोख्रेल, पि एन क्याम्पस का सहायक क्याम्पस प्रमुख मिनराज लम्साल, पूर्व अध्यक्षहरु को तर्फ बाट पूर्वअध्यक्ष भानुभक्त अविरल, संस्थापकहरु को तर्फ बाट महेश्वर अनुरागी, सम्मानित व्यक्ति डा. पुष्पा के.सी भण्डारी, माछापुच्छ्रे गाउँपालिका कि उपाध्यक्ष सीता अधिकारी, प्रमुख अतिथि प्राज्ञ तिर्थ श्रेष्ठ लगायत ले आफ्ना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम मा संस्था का सल्लाहकार भिमाकर सुवेदी बाट स्थापित अक्षयकोष बाट वितरण गरिने पुरस्कार शुक्ला गण्डकी मा.बि कि छात्रा गुराँस नेपाली,सल्लाहकार टेकनाथ पीडित बाट प्रदान गरिने हरिलाल कुन्ती स्मृति प्रतिभा पुरस्कार अस्मिता तिम्सिना, साहित्यकार डा. पुष्पा के.सी भण्डारी बाट स्थापित ” झलक पुष्पा सिर्जना पुरस्कार २०८० ” बाट पि.एन क्याम्पस का सह प्राध्यापक डा. इश्वरमणि अधिकारी लाई अर्पण गरिएको थियो । संस्था को संस्थागत बिकास मा र सिर्जनशील कार्य मा निरन्तर कार्य गर्ने व्यक्ती लाई प्रदान गरिने सिर्जना पुरस्कार साहित्यकार डा. पुष्पा के.सी भण्डारी लाई अर्पण गरिएको थियो । संस्था लाई प्रत्यक्ष रुप मा योगदान पुर्याउनु हुने समाजसेवी जि.एम रानाभाट, असफल गौतम लगायत का व्यक्तिहरु लाई सम्मान गरिएको थियो ।
संस्था का अध्यक्ष शिव पोख्रेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम लाई उपाध्यक्ष एकदत्त लम्साल ले स्वागत मन्तव्य र सचिव पदम नेपाल ले सन्चालन गरेका थिए ।
