बलराम पौडेल
पोखरा २ , मंसिर
माधव वियोगी वाङ्गमय प्रतिष्ठान नेपाल द्वारा स्थापित “माधव वियोगी साहित्य पुरस्कार” -२०८० एक कार्यक्रम का बिच सुप्रसिद्ध कवि रामबाबु सुवेदी लाई नगद रु २५०००/- (पच्चीस हजार ) सम्मानपत्र , दाेसल्ला र फूलमाला सहित समर्पण गरेको छ ।
उक्त कार्यक्रम मा प्रमुख अतिथी को मन्तव्य राख्दै गण्डकी विश्वविद्यालय का कुलपति गणेशमान गुरुङ ले जनस्तर बाट माधव वियाेगी वाङ्मय प्रतिष्ठान खुल्नू अनि उक्त प्रतिष्ठान ले माधव वियाेगी साहित्य पुरस्कार स्थापना गर्नू आफैँ मा उल्लेखनीय कार्य हाे । एस प्रतिष्ठान ले अघि बढाएका गतिविधि काव्य संस्कृति काे विकास मा सुखद पक्ष रहेको बताए । कार्यक्रम मा विशेष अतिथि रहेकी डा. पुष्पा के.सी भण्डारी ले सिर्जनाकर्मी काे आराधना गर्नु सभ्यता को पूजा गर्नु जस्तै हाे । तेसैले छन्द र साहित्य काे उन्नयन मा लाग्नु हुने साहित्यकारहरु प्रति हार्दिक बन्दना गर्दै माधव बियोगी वाङ्मय प्रतिष्ठान ले राज्य ले गर्नु पर्ने काम गरेको मा प्रतिष्ठान प्रती हार्दिक आभार समेत व्यक्त गरिन ।
कार्यक्रम मा बाेल्दै छन्दनायक माधव वियाेगी ले पाेखरा काे छाेरेपाटन स्थित आफ्नो निवास मा आफ्नै नेतृत्व मा एहि मंसिर महिना बाट मासिक रुप मा रचना वाचन कार्यक्रम शुरु गर्ने बताए । साथै उनले निकट भविष्य मा आफ्नै लगानी बाट एउटा वाचनालय को निर्माण गरि सोही ठाउँ मा रचना वाचन गराउने घोषणा समेत गरेका थिए ।
सम्मानित स्रष्टा को मन्तव्य राख्दै सम्मानित कविवर रामबाबु सुवेदी ले बिग्रेको मानिसहरु लाई सुधार्न तर्फ लाग्नु भन्दा कलिला बालबालिका लाई बिग्रन बाट बचाई संस्कारी बनाउनु पर्दछ भन्ने मान्यता का साथ उनिहरु कै भाषा मा उनिहरु को व्यवहार का बारे मा बाल कविता लेख्नु पर्छ भन्ने धारणा राखेका थिए ।
कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै संस्कृत क्याम्पस का प्रमुख डा. जगन्नाथ रेग्मी ले छन्द हराउँदै गएको बेला मा छन्द बचाउ अभियान चलाएर छन्द को बचाउ गर्नु भएका व्यक्ती को जन्मदिन को अवसर आयोजित कार्यक्रम ले छन्द बचाउन ठूलो योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रम मा दिपक सुवेदी , झपिन्द्रराज रेग्मी लगायत का व्यक्तिहरु ले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम मा शिव त्रिपाठी, निकेश गिरी , रमा खतिवडा, शालिकराम आचार्य, रुद्रबहादुर थापा, रोशन तिम्सिना, सम्मानित व्यक्ति रामबाबु सुवेदी, आर्या त्रिपाठी, देवेन्द्र के.सी. देबु, छन्दिका घिमिरे लगायत ले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम मा स्थानीय संघ संस्थाहरु, साहित्यिक संस्थाहरु, बुद्धिजीवीहरु लगायत पोखरा का साहित्यकारहरु काे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि, भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्याय लाई प्रदान गरिएको थियाे ।
संस्था का उपाध्यक्ष नवराज बराल को सभापतित्व मा सम्पन्न कार्यक्रम मा संस्था कि प्रमुख संरक्षक सरिता घिमिरे ले स्वागत मन्तव्य राखेकी थिइन भने संस्था सचिव छन्दमणि त्रिपाठी ले संचालन गरेका थिए ।
